फिर्केको मापदण्ड ३ मिटर बनाऊ

फिर्के खोलाको मापदण्ड ३/३ मिटर कायम गराउन दवाब दिन वडास्तरीय सरोकार समिति गठन भएको छ । फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिका संयोजक नारायणविक्रम शाही र सहसंयोजक कृष्ण पराजुली (ढाका मोहन)को उपस्थितिमा मंगलबार पोखरा ४ मा बसेको भेलाले सुनीलबहादुर कोइरालाको संयोजकत्वमा ७ सदस्य सरोकार समिति गठन गरिएको छ ।

समितिको सहसंयोजकमा जइकुमारी अधिकारी, सचिवमा अर्जुन परियार, कोषाध्यक्षमा बाबुकाजी लिगल र सदस्यमा हरिनारायण शर्मा, कमला बस्याल र जुद्धबहादुर प्रधान छन् । भेलामा प्रकाश कोइरालाको संयोजकत्वमा ९ सदस्यिय सरोकार समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा ताराप्रसाद अधिकारी, सचिवमा सुशीला ढकाल, कोषाध्यक्षमा हर्कबहादुर लामा र सदस्यमा विमला नेपाली, लक्ष्मण आचार्य, निर्मला गुभाजु, अलिहुसेन मियाँ र मिठु परियार छन् ।

फिर्के खोलाको मध्य भागलाई केन्द्र बनाई दायाँ बायाँ ३÷३ मिटर मापदण्ड कायम गर्न फिर्के खोलाको आसपास बसोबास गरिरहेका स्थानीय वासिन्दाले वडास्तरमा सरोकार समितिमार्फत महानगरलाई दबाद दिने तथा संघर्ष कार्यक्रम गर्ने उल्लेख छ । फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिका संयोजक नारायणबिक्रम शाहीले भेलामा कडा आन्दोलन गर्न परे पनि पछि नहट्न स्थानीयलाई आग्रह गरेका थिए ।