ओम–पियु सम्झौता

ओम डेभलपमेन्ट बैंक र पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसबीच मानव संसाधन लगायत विद्यार्थीलाई अध्ययन अनुसन्धानमा आवश्यक पर्ने वित्तीय लगायत विविध विषयमा सहयोग गर्ने, गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी तथा पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसका तर्फकाट डा. रवीन्द्र घिमिरेले हस्ताक्षर गरेका छन् ।

ओम डेभलपमेन्ट बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा पोखरा विश्वविद्यालयमा स्तातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई प्रात्साहित गर्ने, बैंकद्वारा सञ्चालन गरिने वित्तीय साक्षरता कार्यक्रममा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको सहयोग लिने, भिजिटिङ प्रोफेसरका रुपमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयमा जानकारी गराउने तथा बैंकबाट प्रवाह गरिने सेवा सुविधाका बारेमा अध्ययन अनुसन्धान गर्ने लगायत विविध विषय पनि समेटिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।