अर्थ, वाणिज्य

चन्द्रागिरि हिल्सले साधारण सेयर बिक्री गर्ने

काठमाडौं चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० मा साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गरेको छ । उक्त साधारणसभामा साधारण शेयर बिक्रीका लागि विशेष प्रस्ताव प्रस्तुत गरिनेछ । चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले साधारण शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी… पुरा पढौ

रवीन्द्र अधिकारीसहित दुई पूर्वमन्त्री लाई कारवाही सिफारिस

नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी एयरबस प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । मंगलबार राति ११ बजेसम्म बसेको उपसमितिको बैठकले तयार पारेको प्रतिवेदन अनुसार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर गरेको छ । त्यस्तै, पर्यटन मन्त्रालयका बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री र खरिद प्रक्रियामा संलग्न सचिवहरूलाई कारबाही सिफारिस गरिएको छ । महाप्रबन्धक कंसाकारलाई तत्काल निलम्बन गरी हदैसम्मको कारबाही गर्न उपसमितिको सिफारिस छ । त्यस्तै, उपसमितिले पर्यटन मन्त्रालयका बहालवाला… पुरा पढौ

ट्याक्सीमा मिटर भाडा समायोजन

नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ । विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनी हालसम्म २ हजार २ सय ट्याक्सीमा नयाँ भाडा समायोजन गरिसकिएको बताए । “मिटर र प्रिन्टर मेसिन ठीक… पुरा पढौ

वाइड बडी खरिदमा चार अर्ब अनियमितता भएको

संसदीय उपसमितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ । वाइड बडी विमान खरिद सम्बन्धमा छानबिन गर्न बनेको संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले जहाज खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको हो । उपसमितिले खरिद प्रक्रियामा संलग्न वायुसेवा निगम सञ्चालक समिति तथा निगम मूल्यांकन समितिका सबै सदस्यमाथि कारबाहीको सिफारिस गरेको छ। निगमले दुइटा वाइड बडी जहाज खरिद गर्दा… पुरा पढौ

अन्तरबाली खेतीले बढायो आय

बाटदेवानगंजर सुनसरी देवानगंज गाउँपालिका – २ मेहता टोलका सबुल अन्सारीले उन्नत जातको उखुसँगै यतिबेला पाँच बाली तरकारी लगाएका छन् । १८ बिघामा खेती गर्दै आएका उनले १० विघामा उखु र ५ विघा खेतीमा अन्तरबाली तरकारी खेती लगाएका छन् । उनले उन्नत जातको उखुँसहित एउटै बारीमा राजमा, गोलभेडा, आलु, काउली र गाजर लगाएका छन् । उनले गत वर्षमा अन्तरबाली खेतीबाट राम्रो मुनाफा गर्न सफल भएको बताएका छन् । प्रतिविघा १ लाख… पुरा पढौ

ठेकेदारहरुले मनपरी कर लिने गरेको खुलसा सुनसरी

सुनसरीमा ठेकेदारहरुले ब्यवसायीहरुबाट मनपरी कर लिने गरेको खुलसा भएको छ । सुनसरीमा संञ्चालित पशु चौपाय ठेक्कामा व्यवसायीबाट ‘दोहोरो कर’ उठाउने गरेको पाइएको छ । एक जिल्लाबाट अर्काे जिल्ला निकासी गर्दा एक ठाँउमा मात्र कर लिने नियम भए पनि ठेकेदारहरुले गुण्डा गर्दी शैलीमा मर उठाउँदै आए पनि नियमनकारी निकाय नबोलि बसेका छन । हेटौडाबाट केही दिनअघि घरायसी प्रयोजनकका लागी मोरङ लादै गरको गाईलाई सुनसरीमा पनि कर लिइएको थियो । जिल्लाबाट निकासी… पुरा पढौ

विप्लव माओवादीको अदालती फैसला : जग्गा फिर्ता गर्न १५ म्याद

अर्धभूमिगत रुपमा गतिविधि संचालन गर्दै आएको नेकपा माओवादी (विप्लब माओवादी)को ताम्सालिङ्ग जनपरिषद्ले जग्गा फिर्ता गर्न १५ दिने म्याद जारी गरेको छ । जिल्लाको रोशी गाउँपालिका– ८ नार्के निवासी तर्कबहादुर तामाङको नाममा रहेको २१ रोपनी ८ आना १ पैसा ३ दाम बराबरको जग्गा दृष्टिबन्धक राखिएको भन्दै झुक्याएर रोशी गाउँपालिका – ९ मंगलटारका बहादुर सिं तामाङको श्रीमती सानुमाया तामाङको नाममा राजिनामा पास नै गरेको भन्दै फिर्ता गर्न १५ दिने म्याद जारी गरेको… पुरा पढौ

३ महिनाभित्र जनकपुर–जयनगरमा रेल गुड्ने

(यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड (३५ किमि) मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनले दुईवटा रेल किन्न अन्तिम तयारी भएको जानकारी दिए ।’ भारत सरकारबाट लिजमा ल्याएर चलाउने कि भन्ने थियो,’ उनले भने, ‘पछि आफ्नै राष्ट्रिय ध्वजावाहक रेल चलाउने अन्तिम निर्णय भएको छ ।’ भारत सरकारबाट रेलको ‘स्पेसिफिकेसन’ आइसकेको र टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको उनले बताए । ‘दुइटै रेल एकैचोटि… पुरा पढौ

सहकारीले दिन्छ सुत्केरीलाई १ किलो घ्यू

रुपन्देहीमा रहेको एउटा सहकारी संस्थाले शेयर सदस्यको श्रीमती सुत्केरीको भए एक किलो घ्यू र रु २०० को बाल बचत खाता खोल्ने कार्यक्रम शुरु गरेको छ । जिल्लाको सैनामैना नगरपालिका–४ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष ३२ सुत्केरीलाई सो सुविधा दिएकोे छ । तीन वर्षदेखि लागू भएको कार्यक्रम दुई बच्चा हुँदा मात्रै लागू हुने जनाइएको छ । यस क्षेत्रमा घ्यूको बजार मूल्य प्रतिकिलो रु एक हजार २०० रहेको… पुरा पढौ

रामपुरमा जनकपुरको झल्को

प्रसिद्ध धार्मिक नगरी जनकपुरको झझल्को दिनेगरी पाल्पाको रामपुर नगरपालिकामा रामजानकी मन्दिर निर्माण भइरहेको छ । पूर्वमा जनकपुर र पश्चिममा रामपुरलाई रामजानकी मन्दिरले चर्चित गराउने उद्देश्यले यहाँ उक्त मन्दिर निर्माण गर्न थालिएको हो । रामपुर नगरपालिका भित्रको धार्मिक क्षेत्रमा ठूलो योजनाका रूपमा निर्माण भइरहेको यो पहिलो मन्दिर मन्दिरलाई रामपुरवासीले चासो र महत्वका साथ लिएका छन् । विसं २०७६ को नामनवमीका दिन मन्दिरमा रामजानकीको मूर्ति प्रतिस्थापन गरिने रामजानकी मन्दिर विकास परिषद्का अध्यक्ष… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं