(यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड (३५ किमि) मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् ।
मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनले दुईवटा रेल किन्न अन्तिम तयारी भएको जानकारी दिए ।’
भारत सरकारबाट लिजमा ल्याएर चलाउने कि भन्ने थियो,’ उनले भने, ‘पछि आफ्नै राष्ट्रिय ध्वजावाहक रेल चलाउने अन्तिम निर्णय भएको छ ।’
भारत सरकारबाट रेलको ‘स्पेसिफिकेसन’ आइसकेको र टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको उनले बताए । ‘दुइटै रेल एकैचोटि खरिद गर्छौं,’ उनले भने, ‘तीन महिनाभित्र पहिलो र अर्को त्यसको एक महिनापछि ।’
रेल खरिद प्रक्रिया नेपाल–भारत सरकार बीच हुनेछ । केही दिनभित्रै सम्पूर्ण जानकारी सार्वजनिक गरिने बताए । ‘सैद्धान्तिक सहमति भइसकेको छ, जनवरी १० (पुस २६) मा सबै सार्वजनिक गर्नेछौ उनले भने, ‘अब अन्तिम स्वीकृति लिन मात्र बाँकी छ ।’
उक्त रेल प्रतिघण्टा सय किमि गतिमा कुद्ने क्षमताको हुने जनाए । जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजना भारतको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ । जयनगर–जनकपुर–बर्दिबासमा १० अर्ब रुपैयाँ लागतमा ब्रोडगेज रेलमार्ग निर्माणाधीन छ ।
अर्थ मन्त्रालयले आवश्यक रकम दिएपछि खरिद प्रक्रिया अघि बढाइने महासेठले बताए । उनका अनुसार एउटा रेल खरिद गर्न करिब ५० करोड लाग्छ । ५र५ डिब्बाका दुवै रेल आधुनिक हुनेछन् ।
एक पटकमा एउटा रेलले १२ सय यात्रु बोक्नेछ । उनका अनुसार काकरभिट्टा–बर्दिबास–सिमरा–बुटवल खण्ड (६ सय ३८ किमि) को विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ ।
बुटवल–गड्डाचौकी खण्डको ४ सय ९ किमिको ९५ प्रतिशत डीपीआर तयार भइसकेको छ । ‘प्रत्येक खण्डमा काम तीव्र गर्न निर्देशन दिएको छ,’ उनले भने, ‘काममा बाधा आउन दिन्नौं ।
जयनगर–जनकपुर–बर्दिवास (६९ किमि) मध्ये जयनगर–जनकपुर–बिजुलपुरा (५२ किमि) मा ट्रयाक वेड, संरचना, रेलको ९५ प्रतिशत काम भइसकेको रेल विभागले जनाएको छ ।जनकपुर–जयनगर–कुर्था (३५ किमि) रेलसेवा केही महिनाभित्रै सुरु गरिँदै छ ।