अर्थ, वाणिज्य

बालुवा, गिट्टी बेचेर अस्पताल चलाउँदै गाउँपालिका

जिल्लाको मोदी गाउँपालिकाले नदीजन्य वस्तुको बिक्रीको आम्दानीबाट सामुदायिक अस्पताल बनाउने भएको छ । गाउँ कार्यपालिकाको बैठकले नदी जन्य वस्तुको बिक्रीबाट लगाएको बिक्री करबाट सामुदायिक अस्पताल बनाउने निर्णय गरेको हो । गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार नदीजन्य वस्तुको बिक्रीबाट गाउँपालिका–६ तिलाहारमा सामुदायिक अस्पताल बनाउने निर्णय भएको हो । गाउँपालिकाले चालू आर्थिक वर्षदेखि गाउँपालिका भित्रका नदीमा नदीजन्य वस्तुको उत्खननमा कर लगाएको छ । नदीजन्य वस्तुको बिक्री गरी भएको आन्तरिक आम्दानीबाट गाउँपालिकामा सुविधा… पुरा पढौ

सुन्तलाबाट नाफा कमाउन भण्डारण गृह

बागलुङ नगरपालिका–८ सिगानाका टोपबहादुर खड्काले आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरी उत्पादन गरेको सुन्तला भण्डारण गृहमा राखेर चैत– वैशाखमा महङ्गोमा बिक्री गर्दै आएका छन् । तत्कालीन कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्र्तगतको व्यावसायिक सुन्तला उत्पादन सङ्कलन तथा भण्डारण उपआयोजना कार्यक्रमले प्रदान गरेको रु १० लाख अनुदानमा उनले भण्डारण गृह निर्माण गरेका हुन् ।  “अहिले सुन्तालाको बजार मूल्य प्रतिकिलो रु ६० पर्छ, दुई महीनापछि प्रतिकिलो रु १५० को दरले  … पुरा पढौ

नयाँ वर्षमा महोत्सवबाट स्वागत गर्दै लेकसाइड

व्यक्तिगत पहुँच र विकासका नाममा चौतारा मासिने क्रम चुलिएका अवस्थामा पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाईडस्थित चालिस चौतारा युक्त बाटोमा बीसौं संस्करणको सडक महोत्सव हुने भएको छ । फेवाताल किनाराको तीन कि.मि. दुरीमा यति धेरै चौतारा रहेको सडकमा रेस्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल( रेवान) पोखराले पुस १३ देखि १७ गतेसम्म अंग्रेजी नयाँ बर्षको (डिसेम्वर २८ देखि जनवरी १ गतेसम्म ) सडक महोत्सव गर्न लागेको हो । सहिद चोकस्थित ऐतिहासिक महत्वको चौतारादेखि… पुरा पढौ

नेकपाभित्रै विरोधपछि दीगम्बरको राजीनामा

नेपाल दुरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष दिगाम्बर झाले राजीनामा दिएका छन् । नियुक्तिको बिषयलाई लिएर चौतर्फी विरोध भएपछि झाले राजीनामा दिएका हुन्। झाले आजै काठमाडँौमा पत्रकार सम्मेलन गरि आफुले अनियमितता गरेको प्रमाणित गरे आफु राजिनामा गर्न तयार रहेको बताएका थिए। आफुमाथि लगाइएको भ्रष्टाचारको आरोप पुष्टि गर्न सत्तारुढ नेकपाका नेताहरुलाई समेत चेतावनी दिएका थिए। उनले आफुलाई बलिको बोको बनाउन खोजीएको भन्दै अब पनि नेताहरु चुप नलागे न्याय माग्न अदालत जाने बताएका थिए।… पुरा पढौ

कोरियाले २०१९ मा १० हजार नेपाली लैजाने

कोरिया सरकारले सन् २०१९ मा रोजगारीका लागि १० हजार नेपालीलाई लैजाने भएको छ । कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपिएस)मार्फत सन् २०१९ मा नेपालबाट सबैभन्दा बढी कामदार लिने भएको छ । कोरिया आवश्यक आप्रवासी कामदारका लागि छुट्याएको कोटामा सबैभन्दा बढी नेपालका लागि कोटा दिएको छ । कामदार छनोटका लागि फागुनको दोस्रो हप्ता १० औं भाषा परीक्षाका लागि आवेदन खुल्ने जनाइएको छ । कोरिया सरकारले नेपालबाट उत्पादनमूलक र कृषि क्षेत्रमा मात्र… पुरा पढौ

समातिए दुई नेपाली ३३ किलो सुन सहित:भारत

कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिएका थिए । त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ। तर सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्ली मार्फत कूटनीतिक पहल गर्नुपर्ने भएको छ। सुन र दुई व्यक्ति पक्राउ पर्ने बित्तिकै त्यसबारे भारतीय अधिकारीहरुले कोलकाताको नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराएका थिए। सुरुमा उनीहरुले… पुरा पढौ

बलेवा विमानस्थल फेरि गौचरन

नियमित सञ्चालनमा आएको एक वर्ष बित्न नपाउँदै बलेवा विमानस्थल पुनः गौचरनमा परिणत भएको छ । छब्बीस वर्षपछि तामझामका साथ गत चैत महीनादेखि सञ्चालन भएको बलेवा विमानस्थलमा अहिले जहाज आउजाउ बन्द भएको छ । कच्ची धावन मार्ग र विमानस्थल सम्म पुग्ने आठ किलोमिटर सडक कच्ची भएका कारण यात्रुको सङ्ख्या पर्याप्त हुन नसक्दा विमानस्थल बन्द भएको हो । जहाज नचल्दा विमानस्थल फेरि बस्तु भाउको चरिचरनमा परिणत भएको छ । विगत नौ महीनाअघि… पुरा पढौ

‘६० प्रतिशतको नेपाली बैंकसम्म पहुँच छैन’

नेपाल राष्ट्र बैंकले चालू आवको अन्त्यसम्ममा ७५३ वटै स्थानीय तहका सदरमुकाम सम्म कम्तीमा एकवटा वाणिज्य बैंक पुग्ने जनाएको छ । सबै स्थानीय निकायमा वित्तीय पहुँच तथा साक्षरता पुर्‍याउने नीति अनुरुप हाल ६८७ स्थानीय निकायमा वित्तीय पहुँच पुगेको जनाएको छ । सोही बैंक मार्फत् सरकारको आफ्नो सञ्चित कोष सञ्चालन गरेको छ । प्रतिनिधिसभा, अर्थ समितिको मंगलबारको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा चिरञ्जीवी नेपालले सो जानकारी दिँदै सबै जनतालाई बैंकिङ पहुँचमा… पुरा पढौ

चितवन महोत्सव पुस २५ देखि

उद्योग वाणिज्य सङ्घ चितवनको अगुवाइमा हुने चितवन महोत्सव आगामी पुस २५ गतेबाट शुरु हुने भएको छ । सङ्घले मंगलबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो । नारायणी नदी किनारमा १२ औँ संस्करणका रुपमा महोत्सव आयोजना गर्न लागिएको मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिए । महोत्सव विसं २०५३ सालदेखि प्रत्येक दुई÷दुई वर्षमा हुँदै आएको छ । उद्योग वाणिज्य सङ्घ–चितवन, जिल्ला समन्वय समिति चितवन र भरतपुर… पुरा पढौ

वडा सदस्यको तस्करी पत्ता लगाउन कार्यदल

रुपा गाउँपालिका ७, कुनाको मुखको मादीखोलाबाट नदीजन्य पदार्थ तस्करीबारे छानबिन गर्न रुपा गाउँपालिकाले कार्यदल गठन गरेको छ । ५ सदस्यीय कार्यदलको अध्यक्षमा वडा ६ वडाध्यक्ष नारायण गुरुङ, सदस्यमा वडा नम्बर ३ का वडाध्यक्ष रामजी अधिकारी, वडा नम्बर १ का वडाध्यक्ष दीपककुमार आले, गाउँपालिकाका प्राविधिक प्रमुख वीरेन्द्र तिवारी र खरिद शाखा प्रमुख रामचन्द्र पौडेल छन् । कार्यदलले १५ दिनको म्याद पाएको छ । त्यसैले बुझाएको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढ्ने अध्यक्ष… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं