अर्थ, वाणिज्य

स्वकीय सचिवको तलब आफैँ लिने गरेको खुलासा:सभामुख महरा

संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलब भत्ता आफैँले बुझ्ने गरेको पाइएको छ । ऐनको व्यवस्था विपरीत कर्मचारीको तलब भत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सना छन् ।  संसद् सचिवालयले कर्मचारीको तलब भत्ता बापत महरा र तिमल्सिनाले खातामा मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँका दरले जनही जम्मा गरेको छ । ‘संघीय संसदका पदाधिकारी तथा सदस्यको… पुरा पढौ

गण्डकीले १४ % लाभांश दिने

गण्डकीले १४ % लाभांश दिने गण्डकी विकास बैंकको सञ्चालक समितिबाट निर्णय भई नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश भएको २०७४÷०७५ सम्मको सञ्चित नाफाबाट चुक्ता पुँजीको १४.२ प्रतिशत प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । यो नगद लाभांश बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । बैंकले स्थापनाकालदेखि नै शेयरधनीलाई उच्च प्रतिफल प्रदान दिँदै आएको छ । बैंकले ७वटै प्रदेश, हिमाल पहाड तराई, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म… पुरा पढौ

अमरसिंहचौरमा पुस २७ देखि महोत्सव

पोखरा महोत्सवको नवौं संस्करण पुस २७ गतेदेखि हुने भएको छ । पोखरा अमरसिंह माविको खेल मैदानमा हुने उक्त महोत्सव माघ ८ सम्म चल्ने क्लबले जनाएको छ । महोत्सवकै अवसरमा आयोजक युनाइटेड क्लबले लेखनाथमा बनाइरहेको चिडियाखानासमेत प्रत्यक्ष अवलोकन गर्ने सुविधा दिएको महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शान्तबहादुर थापाले जानकारी दिए । उनले भने, ‘महोत्सव स्थलबाट सशुल्क गाडीको व्यवस्था गरिएको छ । चिडियाखाना हेर्न इच्छुक दर्शकलाई अवलोकन गराउन लैजाने छौं ।’ चिडियाखाना बनाउन… पुरा पढौ

आमा मिलन सहकारी आफ्नै भवनमा

आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारीले पोखरा नागढुंगाको आफ्नै भवनबाट कारोबार सुरु गरेको छ । स्थापनाको सातौं वर्षगाँठमा सहकारीले आपनै भवन बनाएको हो । यो अवसरमा नयाँ भवनबाट पहिलो पटक सेवा लिने सेवाग्राहीलाई सम्मान गरियो । पहिलो सेवाग्राही मिरा तुलाचन, संस्थाकी उपाध्यक्ष निर्मला घिमिरे र खेमबहादुर थापालाई संस्थापक अध्यक्ष इन्दिरा पौडेललेसम्मान गरिन् । बचतकर्ता सदस्यको वृहत्तर आर्थिक सामाजिक, सांस्कृतिक विकासमा अभिवृद्धि गर्न, संस्थालाई एक सफल वित्तीय संस्थाको रुपमा परिचित… पुरा पढौ

म्याराथनलाई युकेबाट एकै दिनमा १५ लाख

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरामा हुने म्याराथनका लागि युकेमा च्यारिटी डिनरमार्फत् १५ लाख भन्दाबढी नगद एकै दिनमा संकलन भएको छ । एकै दिनमा सोचेभन्दा बढी रकम संकलन भए पछि आयोजक उत्साहित भएको छ । पोखरेली मञ्चले यूकेमा म्याराथन सफल बनाउन र खेलकुदमार्फत् पोखरामा पर्यटन प्रवद्र्धन गर्न च्यारिटी डिनर कार्यक्रमको आयोजना गरेको थियो । पोखरेली मञ्च युके म्याराथनका लागि अन्तर्राष्ट्रिय पार्टनर समेत हो । फागुन ७ गते आयोजना हुने १३… पुरा पढौ

फिल्ड सहायकलाई लघुवित्त प्रशिक्षण

स्पर्स लघुवित्त वित्तीयले १ दिने फिल्ड व्यवस्थापन कार्यशाला गोष्ठी गरेको छ । लघुवित्तका २० वटा शाखा कार्यालयमा कार्यरत फिल्ड सहायकलाई २ चरणमा विभाजन गरी तालिम दिइएको हो । गोष्ठी परासीको वर्दघाट र पोखराको बेगनासतालमा भएका छन् । सहभागीलाई यस आवमा वित्तीय संस्थाले लिएको लक्ष्य प्राप्तिका लागि थप उत्प्रेरित बनाउने र फिल्ड कर्मचारीको वृत्ति विकास गर्न तालिम आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए । तालिमा ६७ जना फिल्ड सहायक… पुरा पढौ

मेची पर्यटन महोत्सव हुने

इलाम, जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त महोत्सव आयोजना गर्न लागिएको हो । पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा हुन लागेको सो महोत्सवमा ताप्लेजुङको शेर्पा नाच र झापाको सतार नाच प्रदर्शन गरिनाका साथै इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौरी र घोडासमेत ल्याउने तयारी भइरहेको छ ।… पुरा पढौ

२० हजार नेपाली काम खोज्न ‘कालापहाड’तिर

यतिबेला जुम्ला सिञ्जा क्षेत्रका पुरुष धन कमाउन भारत जाने गरेका छन् । पुरुष सबै भारततिर गएपछि गाउँ महिलामय भएको छ । जुम्लाका अधिकांश गाउँमा अहिले महिला तथा वृद्धवृद्वा मात्रै भेटिन्छन् । त्यसमध्येको एक प्रतिनिधि गाउँ हो यहाँको कोइरेली गाउँ । कोइरेली गाउँमा युवादेखि वृद्धसम्म सबै पुरुष धन कमाउन कालापहाड ‘भारत’ गएपछि महिलाले मात्र गाउँ कुरिरहेका छन् । कोइरेली गाउँका हरेक बस्तीमा अहिले पुरुष भेटाउन असम्भव छ । गाउँमा पुरुष नहुँदा… पुरा पढौ

काहुँमा दृश्यावलोकनसँगै महोत्सवको मज्जा

तेस्रो काहुँ धरहरा महोत्सव आफन्त भेटघाटस्थल बनेको छ । चिसो मौसमको बाबजुद पनि विभिन्न ठाउँबाट दर्शक महोत्सवस्थल पुग्ने गरेका छन् । काहुँडाँडामा रहेको काहुँ धरहराबाट पोखरा लगायत आसपासको सुन्दर दृश्य तथा मनोरम हिमाल देख्न सकिने हुँदा पनि दर्शक महोत्सव आउने गरेको प्रचारप्रसार संयोजक दामोदर आचार्यले बताए । जारी महोत्सवको चौथो दिन सोमबार चर्चित हास्य कलाकार जितु नेपालले दर्शकलाई मनोरञ्जन दिए । सालैजो भाकाका गायक राजु गुरुङले दर्शक नचाए भने स्थानीय… पुरा पढौ

सुन्तला गाउँलाई चिनाउन महोत्सव

बागलुङको सिगानामा तेस्रो सुन्तला उत्सव तथा कृषि प्रदर्शनीको तयारी अगाडि बढाइएको छ । गणेश व्यावसायीक कृषि सहकारीको आयोजना र बागलुङ नगरपालिका ८ सिगानाको सहआयोजनामा हुन लागेको उत्सवको तयारीलाई तीव्रता दिइएको हो । स्थानीय सुन्तलाको बजारीकरण गर्नका लागि आगामी पुस ६ गतेदेखि १० गतेसम्म तेस्रो सुन्तला उत्सव गर्न लागेको मूल आयोजक समितिका उपसंयोजक शिव खड्काले बताए । बागलुङको सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिँदै आएको सिगानामा उत्पादन गरिएका सुन्तलालाई बजारीकरण र किसानलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं