नेकपाभित्रै विरोधपछि दीगम्बरको राजीनामा

नेपाल दुरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष दिगाम्बर झाले राजीनामा दिएका छन् । नियुक्तिको बिषयलाई लिएर चौतर्फी विरोध भएपछि झाले राजीनामा दिएका हुन्।

झाले आजै काठमाडँौमा पत्रकार सम्मेलन गरि आफुले अनियमितता गरेको प्रमाणित गरे आफु राजिनामा गर्न तयार रहेको बताएका थिए।

आफुमाथि लगाइएको भ्रष्टाचारको आरोप पुष्टि गर्न सत्तारुढ नेकपाका नेताहरुलाई समेत चेतावनी दिएका थिए। उनले आफुलाई बलिको बोको बनाउन खोजीएको भन्दै अब पनि नेताहरु चुप नलागे न्याय माग्न अदालत जाने बताएका थिए।

आफु सरकारी संस्थान र कम्पनी चलाउनका लागि काविल ब्यक्ति भएको दावी गर्दै उनले आफ्नो चरित्र हत्या गर्नेहरुका बिरुद्ध अदालत जाने बताएका हुन् ।

झाले अल्पसंख्यक समुदायको नेतृत्व गर्दै यो स्थानमा पुगेको एक ब्यक्तिका बिरुद्ध राजनीति नगर्न पनि नेकपाका नेताहरुलाई आग्रह गरेका छन्।