कोरियाले २०१९ मा १० हजार नेपाली लैजाने

कोरिया सरकारले सन् २०१९ मा रोजगारीका लागि १० हजार नेपालीलाई लैजाने भएको छ । कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपिएस)मार्फत सन् २०१९ मा नेपालबाट सबैभन्दा बढी कामदार लिने भएको छ ।


कोरिया आवश्यक आप्रवासी कामदारका लागि छुट्याएको कोटामा सबैभन्दा बढी नेपालका लागि कोटा दिएको छ । कामदार छनोटका लागि फागुनको दोस्रो हप्ता १० औं भाषा परीक्षाका लागि आवेदन खुल्ने जनाइएको छ ।

कोरिया सरकारले नेपालबाट उत्पादनमूलक र कृषि क्षेत्रमा मात्र कामदार लिँदै आएको छ । गत वर्ष सार्वजनिक एक तथ्यांक अनुसार कोरियामा आप्रवासीको संख्या २१ लाख ८० हजार ४ सय ९८ छ । जसमा करिब ४० हजार नेपाली छन् ।


कोरियाले यो वर्ष ५६ हजार विदेशी कामदार भित्याउने लक्ष्य लिएको छ ।