घोराही र धनगढीमा गरिमाका शाखा

गरिमा विकास बैंक लिमिटेडले बुधबार जिल्लाको घोराही र कैलालीको धनगढी शाखा स्थापना गरी कारोबार सुरु गरेको छ । घोराही शाखाको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र धनगढी शाखाको उद्घाटन धनगढी उपमहानगरपालिकाका मेयर निर्प ओडले गरे ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ६६ शाखा र १५ वटा एटिएम छन् ।

विकास बैंकले छिट्टै नै पर्साको वीरगञ्ज, चितवनको टाँडी र मिलनचोक, दाङको तुल्सीपुर, बाँकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेमजा, नुवाकोटको बट्टार र लमजुङको बेसीसहरमा समेत शाखा खोल्ने जनाइएको छ ।