ठेकेदारहरुले मनपरी कर लिने गरेको खुलसा सुनसरी

सुनसरीमा ठेकेदारहरुले ब्यवसायीहरुबाट मनपरी कर लिने गरेको खुलसा भएको छ । सुनसरीमा संञ्चालित पशु चौपाय ठेक्कामा व्यवसायीबाट ‘दोहोरो कर’ उठाउने गरेको पाइएको छ ।

एक जिल्लाबाट अर्काे जिल्ला निकासी गर्दा एक ठाँउमा मात्र कर लिने नियम भए पनि ठेकेदारहरुले गुण्डा गर्दी शैलीमा मर उठाउँदै आए पनि नियमनकारी निकाय नबोलि बसेका छन ।

हेटौडाबाट केही दिनअघि घरायसी प्रयोजनकका लागी मोरङ लादै गरको गाईलाई सुनसरीमा पनि कर लिइएको थियो । जिल्लाबाट निकासी गर्दा सोही जिल्लामा मे १ ख २९१० नंम्बरको ट्रकले सुनकोशी गाँउपालिकामा ६ वटा गाईको कर ८ सयको बिल बनाइएको थियो ।

तर सुनसरी आउदा भण्टाबारीमा सोही गाडीबाट १३ सय रुपैयाँ लिएको खुलसा भएको छ ।

सोही गाडीले सुनसरीकै दुहबी ढाँटबाट पनि ६ सय रुपयौको बिल काटेको थियो । जिल्लामा पशु चौपाय ठेक्काको नाममा जवरजस्ती पैसा उठाउने गरेको कुरा नयाँ हैन ।

ठेकेदारहरुले गैरकानुनी रुपमा राजमार्गमै ढाँट खडा गरेर गुण्डागर्दी शैलीमा पशु चौपाय व्यवसायीहरुबाट पैसा असुल्ने गरेको एक पशु चौपाया ब्यापारीले नाम नखुलाउँने सर्तमा भने । हामी ब्यापारीहरु चौतर्फी मारमा परेको गुनासो गरे तर सरकार मौन छ ।

जिल्ला समन्वय समिति सुनसरीले अहिले पशु चौपाय ठेक्का नाजुक हकलाई दिएको छ । हकले पनि अभिकर्ताको रुपमा सत्य यादव र सम्साद आलमलाई ठेक्का चलाइरहेका छन् ।

एउटै गाडीबाट दोहोरो कर लिएको बिषयमा ठेकेदार सत्य यादवले आफुहरुले नभई कर्मचारीले यस्तो गरेको दाबी गरेका छन् । ‘हामी प्राय ढाँटमा हुदैनौ कर्मचारीले उठाए होलान अबदेखि हामी कडाई गर्ने छौ ”उनले भने

यादवले यसो भनिरहदा अझै पनि सुनसरीमा रहेका ढाँटले पशु चौपाय व्यवसायीबाट डबल रकम उठाउदै आइरहेका छन् । कर तिर्दा समेत समन्यव समितिले तोकेको रेट भन्दा बढी मुल्यमा पशु चौपायको कर उठाउने समेत गरेको पाइन्छ ।

साथै दोहोरो कर कट्दा नक्कली बिल दिने गरेको व्यवसायी बताउछन् । पशु चौपायको ठेक्का वापत दैनिक ११ हजारसम्म मात्रको करोबार हुने गर्छ ।

तर नक्कली बिल प्रयोग गरेर जवरजस्ती दैनिक ३० हजारसम्म असुल्ने गरेका छन् । यता सुनसरीका जिल्ला समन्वय समितिका सभापति गोपाल भण्डारीले पशु चौपायले यसरी बिल काट्नु गैरकानुनी रहेको बताए ।


हामी त्यस्ता रकम उठाउँने ठेकेदारहरुबाट पैसा फिर्ता गराउँछौ भण्डारीले भने । यसरी एउटै प्रयोजनका लागी आएको चौपायबाट पैसा उठाउँनु गैरकानुनी हो यस विषयमा हामी गम्भिर रुपमा छानविन गर्नेछौ । यसरी गैरकानुनी पैसा लिनेबाट पैसा फिर्ता गराउँछौ उनी भन्छन् ।

यता जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले भने ठेकेदारहरुले मनपरी गर्ने थाले पछि पहरीले ठेक्केदारलाई कारबाही गर्न लागी परेको बताए ।