अर्थ, वाणिज्य

विदेशी टिभीमा विज्ञापन अब हेर्नै नपर्ने

सरकारले विज्ञापन प्रकाशन तथा प्रसारण कार्यलाई नियमन गर्न लागेको छ ।विदेशी टेलिभिजन च्यानलले नेपालमा विज्ञापनरहित प्रसारण गर्नुपर्ने, विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले डबिङ गरी प्रसारण गर्न नपाइने, विज्ञापन गरिएको वस्तु वा सेवाको प्रयोग गर्दा हुन सक्ने असर र अपनाउनुपर्ने सचेतनासमेत उल्लेख गर्नुपर्नेलगायतको व्यवस्थासहित सरकारले कानुन बनाउन लागेको हो । नयाँ पत्रिकामा खबर छ ।  विदेशी टिभी  च्यानल प्रसारणमा कडाइसरकारले तयार गरेको विधेयकअनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन… पुरा पढौ

रुपा मेलाका लागि विभिन्न समिति

रुपाको विकासका निमित्त रुपा मेला भन्ने नाराका साथ ध्रुव तारा क्लब भिरचोकले यसपालि गर्न लागेको रुपा मेलाका लागि विभिन्न समिति गठन गरिएको छ । क्लबका अध्यक्ष प्रेमकुमार खड्काको संयोजकत्वमा महोत्सव आयोजक समिति र नारायण गुरुङको संयोजकत्वमा सल्लाहकार समिति गठन बनेका छन् । क्लबले १९ औं वार्षिकोत्सव माघे संक्रान्तिको अवसरमा विविध कार्यक्रमसहित महोत्सव गर्न लागेको हो । माघे संक्रान्ति मेलालाई व्यवस्थित र परिमार्जित गर्दै रुपा मेला २०७५ गर्न लागिएको हो ।… पुरा पढौ

पोखरा महोत्सवलाई सघाउने ३ सय संघ, संस्थाको प्रतिवद्धता

नवौ पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । युनाइटेड क्लबको आयोजनामा आगामी पुसको २७ देखिमाघको ८ गतेसम्म अमरसिंह चौरमा हुने महोत्सवमा पोखरा उपत्यकाभित्र रहेका ३ सय वढी संघ संस्थाले महोत्सवलाई झांकी र्यालीको माध्यामबाट सहयोग गर्ने भएका हुन । शुक्रबार आयोजित भेलामा उपस्थित संघ संस्थाका प्रतिनिधिले युनाइटेड क्लब महोत्सवकै माध्यामबाट सामाजिक काममा अगाडि बढिरहेकाले पोखरा महोत्सव युनाइटेड क्लबको मात्र नभई सबैको रहेको बताएका थिए । महोत्सवको… पुरा पढौ

माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. बिरेन्द्र

माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा.बिरेन्द्र प्रसाद महतो चयन भएका छन्। शुक्रबार पोखरामा सम्पन्न बैंकको बीसौं वार्षिक साधारण सभा पछि बसेको सञ्चालक समितिको बैठकले महतोलाई अध्यक्षको जिम्मेवारी दिएको हो। बैंकका संचालक समितिका अध्यक्ष रोशन के.सीको सभापतित्वमा उक्त साधारण सभा भएको थियो। साधारण सभाले बैंकको आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने… पुरा पढौ

हावाबाट बिजुली उत्पादन

 मिक्लाजुङ-२, सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन गरिएको छ । सप्तमी बजारका एक सय दश घरधुरी लाभान्वित हुने गरी वायु र सौर्य उर्जाको समन्वयबाट बिजुली निकालिएको छ । दुई वर्ष अघि परिक्षणका लागि राखिएको वायु उर्जाको टावरबाट गत पुष पहिलो सातादेखि विजुली उत्पादन सुरु भएको हो । टावरमा जडान गरिएको दुई वटा विन्डर (पङ्खा) मार्फत् २० किलोवाट विजुली उत्पादन भइरहेको उपभोक्ता समिति अध्यक्ष गंगा आङदेम्बेले बताए । उनका अनुसार वायु उर्जाबाट… पुरा पढौ

क्रिकेट खेलाडीले २ वर्षदेखि रोकिएको तलब पाउने

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो ।राखेपका सदस्य सचिव केशवकुमार विष्टले परिषदको पहलमा आइसिसीले राखेपमार्फत दुई वर्ष (सन् २०१७ र २०१८)को खेलाडीले वर्गीकरणअनुसार… पुरा पढौ

एकैपटक १८ उद्योगलाई कारवाही

नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डविपरीत गुणस्तरहीन वस्तु उत्पादन गर्ने विभिन्न १८ उद्योगलाई कारबाही गरेको छ ।  नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने तथा गुणस्तरअनुरूप सामान उत्पादन नगर्ने उद्योगलाई कारबाही गरिएको बताए । कारबाही गरिएका अधिकांश उद्योगको इजाजतपत्र स्थगन गरिएको तथा उत्पादित वस्तु बिक्री–वितरण रोकिएको विभागले जनाएको छ ।  विभागले चालू आर्थिक वर्षमा मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने त्यस्ता उद्योगलाई कारबाही… पुरा पढौ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

 नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य दुई–दुई रुपैयाँ घटाएको छ । बुधबार राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन भएको निगमले जनाएको छ । समायोजित मूल्यअनुसार अब काठमाडौंमा प्रतिलिटर पेट्रोलको १ सय ८ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको ९६ रुपैयाँ मूल्य तोकिएको छ । तर, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्यमा भने कुनै हेरफेर नभएको निगमले प्रस्ट पारेको छ ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको… पुरा पढौ

माछापुच्छ्रेका ग्राहकलाई नेपाल मेडिसिटीमा छुट

माछापुच्छ्रे बैंक र नेपाल मेडिसिटी अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटी अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरे। सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालका सेवाहरुमा ७% सम्मको छुट पाउनेछन्। बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुत्तानी गर्दा पाउन सक्नेछन्। नेपाल मेडिसिटीले आफ्नो स्थापना कालदेखि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य… पुरा पढौ

पहिलो पटक नेपालले आफ्नै भूउपग्रह प्रक्षेपण गर्दै

आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो ।  ‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकाल बताउछन् । सरकारले सहुलियत मूल्यमा तीन भूउपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं