माछापुच्छ्रे बैंक र नेपाल मेडिसिटी अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटी अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरे।
सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालका सेवाहरुमा ७% सम्मको छुट पाउनेछन्। बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुत्तानी गर्दा पाउन सक्नेछन्।
नेपाल मेडिसिटीले आफ्नो स्थापना कालदेखि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।