रेष्टुरेन्ट तथा बारहरुको अतिरिक्त १० % सेवा शुल्क हट्यो

रेष्टुरेन्ट तथा बारहरुमा लाग्दै आइरहेको अतिरिक्त १० प्रतिशत सेवाशुल्क हटाइएको छ ।

रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल(रेवान)ले काठमाडौं, सौराहा र पोखराका व्यवसायीहरुको बृहत भेलामार्फत उपभोक्ताबाट आएको विरोधपछि शेवा शुल्क हटाइएको विज्ञप्ती जारी गर्दै जनाएको छ ।

रेवानका केन्द्रिय अध्यक्ष प्रमोदकुमार जैसवाल, पोखरा अध्यक्ष भीमसेन भुजेल र सौराहा अध्यक्ष गोकर्ण गिरीद्वारा प्रकाशित विज्ञप्तीमा काठमाडौं, पोखरा र सौराहाका रेष्टुरेन्ट तथा बारहरुमा सेवा प्रयोग गरेबापत कुनै शेवाशुल्क लिइने छैन भनिएको छ ।