योजना आयोग उपाध्यक्षको राजीनामा

प्रदेश ५ योजना आयोगका उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलको जोडबलमा नेपाल राष्ट बैकको निर्देशकबाट काज मिलाएर प्रादेशिक योजना आयोगको उपाध्यक्ष भएका उनी कार्यकारी निर्देशकमा पदोन्नति भएपछि राष्ट्र बैक नै फर्केका हुन् । ०७४ चैत ६ गते उपाध्यक्ष नियुक्त भएका उनीले १५ महिना काम गरे ।