अर्थ, वाणिज्य

चीनमा ४ किलो सुनसहित नेपाली प्रक्राउ

केही समय अगाडीमात्र संचालनमा आएको नाका रसुवागढीमा चिनियाँ पक्षले निकै कडाई गर्न थालेको छ । नाकाबाट हुन सक्ने अवैध तस्करीलाई रोक्न चीनले एक्सरे मेसिनसमेत जडान गरेको छ । छ । यसबीच चिनियाँ भन्सारले ४ किलो सुन सहित एक नेपालीलाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा समीर परियार रहेका छन् । रसुवाको कालिका गाउँपालिका–५ का उनलाई जेठ २० मा प्रक्राउ गरेको हो । स्याउ लिएर नेपालतर्फ आउँदै गरेको ना.२ख ६४०१ नम्बरको कन्टेनर… पुरा पढौ

विप्लव समूहद्वारा ६० विगाह जग्गा कब्जा

सरकारद्वारा हिंसात्मक गतिविधी गरेको भन्दै प्रतिवन्ध लगाएको नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय जग्गा कब्जाको श्रृङखला बढाईरहेको छ । यसैबीच विप्लव समूहले महोत्तरीमा जग्गा कब्जा गरेको छ । महोत्तरी जिल्लाको गौशला नगरपालिका ८ नवराजपुरको ६० विगाह जग्गा पुन कब्जा गरेको जनाएको छ । सोही जग्गा यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कब्जामा लिईएको थियो । पार्टीले सुकम्बासीहरुलाई डर, त्रास, धम्की र घरपरिवारहरुलाई यातना नदिन पनि चेतावनी दिने… पुरा पढौ

मर्जरका लागि तयार रहन लघुवित्तहरुलाई गभर्नरको निर्देशन,कति छन् लघुवित्त संस्था ?

नेपाल राष्ट्र बैंकले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएको छ। शुक्रबार काठमाडौंमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यक्ता’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सचेत गराएका हुन्। उनले ग्रामीण क्षेत्रको गरिबी निवारणका लागि आर्थिक गतिविधि बढाउन टेवा पु¥याउने उद्देश्यका साथ सुरु गरिएको लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अति आवश्यक भएकाले सुरु गरिएको पनि स्पष्ट पारे। गभर्नर नेपालले असार महिनाभित्र सबै स्थानीय… पुरा पढौ

सरकारले अब हिमालको पानी खाडी पठाउदै छ

सरकारले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न आयातमा कडाइसँगै उत्पादन बढाएर निर्यात पनि बढाउने रणनीति अन्तर्गत हिमालको पानी खाडी पठाउने तयारी गरेको छ । नेपालको हिमाली क्षेत्रमा रहेको मिनरल वाटरलाई प्रसोधन गरेर खाडी मुलुकमा निर्यात गर्ने लक्ष्य अनुसार सरकारले सहयोग र सहजीकरण गरिदिन लागेको हो । अबको १ वर्षभित्रै यो काम सक्ने र ३ वर्षपछि नियमित पानी निर्यात हुने बताइएको छ । त्यसैगरि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको व्यापार घाटा… पुरा पढौ

अब महंगीको मार, बढ्यो गाडी भाडा

यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको छ । सरकारले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरेको हो । यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए । पुरा पढौ

विहिबारको सेयर बजार ओरालोतर्फ ,कुन ब्यवसायीले कति कारोबार गरे ?

 निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५३ बिन्दुले घटी २७१.८१ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबारमा पनि गिरावट आएको छ । स्टकका अनुसार १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर रु… पुरा पढौ

प्रधानमन्‍त्री रोजगार कार्यक्रमबाट ११७ जनाले जागिर पाए

सर्लाहीको बागमती नगरपालिकामा प्रधानमन्‍त्री रोजगार कार्यक्रम सुरु भएसंगै ११७ जनालाई रोजगार प्रदान गरिएको छ । कार्यक्रम एक आर्थिक वर्षमा १०० दिन रोजगारी दिनुपर्ने भए पनि यस आर्थिक वर्षको समय अन्तिम भइसकेकोले नगरपालिकाको १२ वटै वडाबाट कामदार छनोट गरी ३० दिने रोजगार प्रदान गरिएको हो । नगरपालिकामा ९९५ जनाले बेरोजगार फारम भरेको भए पनि, यस चालू आर्थिक वर्षमा फारम भरेका मध्यबाट अति विपन्न परिवारका सदस्यलाई छनोट गरिएको नगरपालिकाका रोजगार संयोजक निलम… पुरा पढौ

६ महिनाभित्रै नेपालमै बन्दै छ इलेक्ट्रिक कार

नेपालको मोटर उत्पादन कम्पनी हुलास मोर्टसले स्वदेशमै विद्युतीय कार उत्पादन गर्ने भएको छ । उक्त विद्युतीय कार निमार्णको लागी हुलासले लामो समयदेखि आफनो विराटनगरस्थित मोटर उत्पादन प्लान्टमा काम गरिरहेको छ । हुलास मोटर्सका जनरल म्यानेजर प्रफुल्ल चन्द दासले उक्त कार निर्माणको लागी विगतको ३ वर्षदेखि काम भइरहको बताए । ‘लामो समय भयो हामीले स्वदेशी विद्युतीय गाडी उत्पादन गर्ने प्रोजेक्टमा काम थालेका छौं,’ उनले भने, विभिन्न देशमा गएर म आफैंले कार… पुरा पढौ

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने ओरालो

साताको तेस्र्रो कारोबार दिन मंगलबार नेप्सेमा सामान्य अंकले सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । नेप्से आज शून्य दशमलव १७ अंकले बढेर १२ सय ७५ दशमलव ९९ विन्दुुमा चढ्दा सेन्सिटिभ पनि शून्य दशमलव चार अंकले बढेर दुुई सय ७२ दशमलव ८६ विन्दुुमा चढेको छ ।  एक सय ७४ कम्पनीहरुको सात हजार सात सय १४ वटा कारोबारमा १५ लाख नौ हजार आठ सय ८५ कित्ता सेयर खरिद विक्री भएका… पुरा पढौ

अब चीनमा ३ रुपैयाँमै कल गर्न पाईने

 नेपाल टेलिकमले अन्तराष्ट्रिय कलमा नयाँ योजना आफना ग्राहकमाझ ल्याएको छ । टेलिकमको नयाँ योजना अनुसार अब टेलिकमको सिमबाट चीनमा ३ रुपैयाँ तीन पैसामै कल गर्न सकिनेछ । यस अफरबाट ग्राहकले अघिल्लो समयको तुलनामा २०.८९ प्रतिशत कम शूल्कमा कल गर्न सक्नेछन्। कम्पनीका अनुसार लामो समयदेखि चीन र नेपाल बीच भइरहेको व्यापार व्यवसायमा टेवा पु¥याउने र दुईपक्षीय भ्वाइस कल सेवा सहज बनाउने उदेश्यले यस्तो योजना ल्याईएको हो । साथै कम्पनीले केही समयअघि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं