चीनमा ४ किलो सुनसहित नेपाली प्रक्राउ

केही समय अगाडीमात्र संचालनमा आएको नाका रसुवागढीमा चिनियाँ पक्षले निकै कडाई गर्न थालेको छ । नाकाबाट हुन सक्ने अवैध तस्करीलाई रोक्न चीनले एक्सरे मेसिनसमेत जडान गरेको छ । छ । यसबीच चिनियाँ भन्सारले ४ किलो सुन सहित एक नेपालीलाई प्रक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा समीर परियार रहेका छन् । रसुवाको कालिका गाउँपालिका–५ का उनलाई जेठ २० मा प्रक्राउ गरेको हो । स्याउ लिएर नेपालतर्फ आउँदै गरेको ना.२ख ६४०१ नम्बरको कन्टेनर चेकजाँचको क्रममा सुनसहित परियारलाई प्रक्राउ गरेको हो ।प्रक्राउ परेका परियारलाई चिनियाँ भन्सारले सिगात्से लगेको बताईएको छ ।

यता परियारको अवस्थाको बारेमा भने नेपाली पक्षलाई कुनै भएको छैन । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार परियारकाबारेमा औपचारिक जानकारी चिनियाँ पक्षबाट आएको छैन। नेपाल तर्फमा सुन तस्करीहरु प्रक्राउ पर्दै आएका भए भने चीनमा प्रक्राउ परेको पहिलो घटना हो । चीनले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेसँगै सो नाकाबाट तस्करी हुने क्रम बढेको छ ।