अर्थ, वाणिज्य

चीनका बन्दरगाह नेपालका लागि खुला

चीनको भूमि हुदै नेपालले तेस्रो मुलुकबाट सामानको आयात तथा नियार्त गर्न पारवहन मार्ग खुल्ला भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भूपरिवेष्ठित नेपालको लागि चीन तर्फबाट समेत पारवहन मार्ग प्राप्त भएकोले नेपालको पारवहनमा विविधिकरण भएको र जापान तथा कोरिया लगायतका तेस्रो मुलुकहरुबाट आयात निर्यात गर्न बाटो खुल्ला भएको जानकारी दिए । नेपाल र चीन बीच नेपालका राष्ट्रपतिको हालै भएको चीन… पुरा पढौ

गण्डकी र ५ नम्बर प्रदेशमा ब्रोडब्याण्ड नयाँ प्रक्रियाबाट

नेपाल दूरसञ्चार प्राधिकरणले यूटिएलसँगको सम्झौता खारेज गरेको छ । गण्डकी र प्रदेश–५मा ब्रोडब्याण्ड निर्माण र विस्तारको जिम्मा पाएको यूटिएलसँग प्राधिकरणले मंगलबार सम्झौता खारेज गरेको हो । सम्झौता भएको मितिले दुई वर्षभित्र काम सक्नेगरी यूटिएलसँग २०७४ वैसाखमा प्राधिकरणले सम्झौता गरेको थियो । तर, उक्त सम्झौता अवधि सकिएपछि सम्झौता तोडिएको हो । सम्झौताको अवधिमा कुनै किसिमको भौतिक प्रगति नभएको भन्दै प्राधिकरणले सम्झौता खारेज गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिएका… पुरा पढौ

निभा गल्लीमा भीम र मोहनको क्याफे

पोखरा चिप्लेढुंगा निभागल्लीमा युवा उद्यमी भीम गौतम र मोहन पण्डितले १ करोड २५ लाखको लगानीमा सञ्चालन गरेको क्याफे आइतबार उद्घाटन भएको छ । स्वादका पारखी पोखरेलीलाई क्याफे साइट रेस्ट्रो एन्ड बार खोलिएको सञ्चालकद्वयको दावी छ । क्याफे एन्ड बारको उद्घाटन गर्दै प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले व्यस्त बजारमा प्रभावकारी सेवा दिन आग्रह गरे । उनले पारिवारिक वातावरणमा क्याफे सञ्चालन गरिनुपर्ने भन्दै क्याफेमा कर्मचारीले दिने सेवा र सुविधाले स्वादका पारखिलाई तान्ने… पुरा पढौ

वर्षमा ७८ केजी अवैध सुन बरामद

२०७५ वैसाखदेखि चैत मसान्तसम्म प्रहरीले ७८ केजी सुन बरामद गरेको छ । ट्राफिक नियम उल्लंघन गर्नेको संख्यामा वृद्धि भएसँगै राजश्व बढेको तथ्यांकले देखाउने नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन् । नेपाल प्रहरीले अवैधरुपमा भन्सार छली गरेर ल्याएका सामानसमेत बरामद गरेर राजस्व अनुसन्धान विभागलाई बुझाउँछ । संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक नियम उल्लंघनको जरिवाना प्रकृति हेरेर बढीमा ३ गुणासम्म बढाउने तयारी भइरहेको छ । यातायात व्यवस्था विभागले ९… पुरा पढौ

काफल बेचेर कापी कलम

पछिल्लो समय जिल्लामा रहेका अधिकांश स्कुले बालबालिकाको आम्दानीको स्रोत काफल बनेको छ । वैशाख महीनाको शुरुआतसँगै जिल्ला सदरमुकाम क्षेत्रमा काफलको व्यापार बढेको छ । काफल पाक्न शुरु भएसँगै यहाँको अत्तरिया र स्याउले जोड्ने भीमदत्त राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्रमा काफलको व्यापार बढ्न थालेको हो । यहाँका गैरा, बुडर सहजपुर, चौरानब्बे, रुपसकाँडा, गोगनपानीलगायत बजार क्षेत्रमा वृद्ध महिलादेखि स्कुले बालबालिका डालोमा काफल राखेर गिलासले नाप्दै प्रति गिलास रु १० देखि रु २० सम्ममा… पुरा पढौ

जग खेन्दा भेटियो १९ तोला सुन

साँफेबगर नगरपालिका–२ जाल्पादेवीको श्रीकोटमा भवन जग खन्दा जमीनमुनी ठूलो परिणाममा गहना फेला परेका छन् । त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा मजदूरले सुन र चाँदी भेटाएका हुन् । १९ तोला ८९ लाल अर्थात् २३१ दशमलब ६७ ग्राम सुन र १३२ तोला ७३ लाल अर्थात् एक हजार ५४८ ग्राम चाँदी फेला परेको प्रहरीले जनाएको छ । फेला पारेको सुनचाँदी जिल्ला प्रहरी कार्यालय पठाइएको जनाइएको छ । सुन र… पुरा पढौ

राजधानीका ७ ठाउँमा चार्जिङ स्टेशन

नेपाल विद्युत् प्राधिकरणले सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गर्नका लागि सार्वजनिकरुपमा नै प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले काठमाडौँ उपत्यकाभित्र पहिलो चरणमा चार्जिङ स्टशेन निर्माणका लागि आज सार्वजनिकरुपमा प्रस्ताव आह्वान गरेको हो । पछिल्लो समय वातावरण विभागको संयोजनमा काठमाडौँ उपत्यकाका सात स्थानमा स्टेशन निर्माणको काम शुरु भइरहेको छ । विभाग र साझा यातायातको पहलमा त्यस्ता स्टेशन निर्माण गर्न लागिएको हो । सरकारले विद्युतीय परिवहनको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन… पुरा पढौ

२ वर्षमा पैसा छाप्ने छापाखाना, सञ्चार क्षेत्रलाई नियमन गर्ने बेग्लै निकाय

सरकारले २ बर्षभित्र सुरक्षित छापाखाना स्थापना गर्ने भएको छ । छापाखान स्थापनापछि राहदानी, बैंक नोट, अन्तशुल्क स्टिकर, हुलाक टिकट, जग्गाधनी प्रमाणपुर्जा र सार्वजनिक महत्वका कागजातहरु सुरक्षण मुद्रण गरिनेछ । सरकारले आमसञ्चार क्षेत्रलाई मर्यादित र व्यवसायीक बनाउन कानुनी र संस्थागत व्यवस्था सहितको नियामक निकाय स्थापना गर्ने भएको छ । शुक्रबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा यो उल्लेख छ । पुरा पढौ

मोटरसाइकलमा भेटियो एक किलो सुन

एक किलो सुनसहित रौतहटमा एक युवक पक्राउ परेका छन् । शुक्रबार विहान साढे ५ बजे रौतहटको गौर नगरपालिका–४ बसपार्कबाट प्रहरीले सुनसहित २१ वर्षका अनुकेशकुमार साहलाई पक्राउ गरेको हो । लु ४ प ५८०३ नम्बरको मोटरसाइकलमा रहेका उनलाई प्रहरी निरीक्षक पपु नायक नेतृत्वको टोलीले चेकजाँच गर्दा ४ टुक्रा सुन फेला पारेको हो । साहबाट बरामद पहेंलो धातु सुनचाँदी व्यवसायी संघ गरुडामा परीक्षण गर्दा सुन भएको पुष्टि भएको प्रहरीको भनाइ छ । पुरा पढौ

पोखरामा सुजुकीको सर्भिस सेन्टर

सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पको गण्डकी तथा धवलागिरीको आधिकारिक बिक्रेता बतास ब्रदर्स प्रा. लि. ले पोखरामा आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । हालको सर्भिस सेन्टरको क्षमता बृद्धि गरेर करीब तीन करोड ५० लाख लगानीमा स्पेयर पार्टस् सहितको सर्भिस सेन्टर सञ्चालनमा ल्याईएको कम्पनीले जनाएको छ । पोखरा महानगरपालिका–९ नयाँबजारमा रहेको सो सर्भिस सेन्टरको सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले बिहीबार एक कार्यक्रमकाबीच… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं