ताजा समाचार

वैशाख २१ गते २०७६

वर्षमा ७८ केजी अवैध सुन बरामद

२०७५ वैसाखदेखि चैत मसान्तसम्म प्रहरीले ७८ केजी सुन बरामद गरेको छ । ट्राफिक नियम उल्लंघन गर्नेको संख्यामा वृद्धि भएसँगै राजश्व बढेको तथ्यांकले देखाउने नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन् ।

नेपाल प्रहरीले अवैधरुपमा भन्सार छली गरेर ल्याएका सामानसमेत बरामद गरेर राजस्व अनुसन्धान विभागलाई बुझाउँछ ।

संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक नियम उल्लंघनको जरिवाना प्रकृति हेरेर बढीमा ३ गुणासम्म बढाउने तयारी भइरहेको छ । यातायात व्यवस्था विभागले ९ हजारसम्म पनि जरिवाना गर्न सक्छ । अब आउने नयाँ ऐनमा १ हजार ५ सयदेखि १५ हजारसम्म जरिवाना तोक्ने तयारी गरेको छ । जरिवाना दस्तुर बढाएपछि राजस्वमा पनि वृद्धि भएको छ । ट्राफिक कारबाहीमा मात्र १ वर्षमा १ अर्बभन्दा बढी राजस्व संकलन भएको छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार गएको वर्ष ट्राफिक कारबाहीबाट १ अर्ब ६ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन भएको देखिन्छ । नेपाल प्रहरीले १ वर्षमा बरामद गरेको अवैध सुनको मूल्यभन्दा पनि बढी हुन आउँछ । प्रहरीले १ वर्षमा अवैध सुनबाट राज्यका लागि ४५ करोड ४ लाख ६० हजार रुपैयाँको योगदान पु¥याएको छ ।