अर्थ, वाणिज्य

पेट्रोलपम्पमा सिलबन्दी

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले सप्तरीको पश्चिमी भेगमा रहेको कम तेल दिने एक पेट्रोलपम्पमा आज सिलबन्दी गरेको छ । गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख शम्भुकुमार झाका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा रहेको अबदुल्हा आयल निगम ट्रेडर्समा सिलबन्दी गरिएको हो । जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय पातोको टोलीद्वारा गरिएको अनुगमनका क्रममा सो पम्पमा रहेको डिजेलमा प्रति पाँच लिटरमा १७० मिली घटी गरी बिक्रीवितरण गरी रहेको पाइएपछि सिलबन्दी गरिएको प्रमुख… पुरा पढौ

मुस्ताङमा फेरी चर्चा : नुन र युरोनियम अन्वेषण

लामो समयको अन्तरालपछि मुस्ताङमा पुनः नुन खानी र युरोनियमको अन्वेषण थालिएको छ ।यसका लागि खानी तथा भुगर्व बिभागका २ सदस्यीय टोली मंगलबार मुस्ताङ आएका छन् । संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा खनिज अध्ययनको प्रारम्भिक सर्वे गर्न खानी बिभागका वरिष्ठ भुगर्वबिद धर्मराज खड्का र अर्को भुगर्वबिद नरेश महर्जन मुस्ताङ आएका हुन् ।टोलीले बुधबार वारागुङ मुक्तिक्षेत्र ३ तेताङमा अवस्थित नुन खानीको अवलोकन गरेको छ ।नुनु खानी अध्ययन सकेर टोली शनिवारनै उपल्लो मुस्ताङमा… पुरा पढौ

कति घट्यो पेट्रोल र डिजेलको मूल्य ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो । अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको… पुरा पढौ

बुधबार सुनको भाउमा गिरावट

बुधबार छापावाल सुनको भाउमा गिरावट आएको छ । मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६०० पगेको हो । यस्तै तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । पुरा पढौ

एनसेलका प्रबन्धक सञ्चालकले राजीनामा दिएपछि

निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका प्रबन्ध सञ्चालक सुरेनजे अमरासेकराले राजीनामा दिएका छन् । एनसेलको मुख्य लगानीकर्ता आजियटाले उनलाई २०७४ असारमा प्रबन्ध सञ्चालकको रूपमा नियुक्त गरेको थियो । पारिवारिक कारण देखाउँदै उनले राजीनामा दिएको बताइएको छ । उनको राजीनामा वैशाख २७ गते स्वीकृत भएको हो । पुरा पढौ

जनता खुसि हुने क्षेत्रमा नै बजेट प्राथमिकतामा पार्ने

अर्थमन्त्री डा युवराज खतिवडाले नेपाली जनताले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हुदै आएको बताएका छन् । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा बजेटको आकार निर्धारण हुने जानकारी दिएका हुन् । संविधानको प्रस्तावना र राज्यका निर्देशक सिद्धान्तले निदृष्ट गरेको लक्ष्य हासिल गर्ने विषयलाई… पुरा पढौ

मंगलबार सुनको भाउ ह्वाट्टै बढ्यो

मंगलबार एकै दिन सुनको भाउ तोलामा एक हजारले बढेको छ । तीन दिनयता छापावाल सुनको भाउ तोलामा ६० हजारमा कारोबार भइरहेकोमा मंगलबार तोलामा रु १ हजारले बढेर ६१ हजारमा कारोबार भइरहेको हो । यस्तै तेजावी सुन ६० हजार ७०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको छ । यसअघि सोमाबार चाँदी ७२० मा कारोबार भएको थियो । पुरा पढौ

गण्डकी प्रदेश स्तरिय रेडिमिक्चर समिति गठन

निर्माणको क्षेत्रमा काम गर्दै आएका ब्यवसायीहरुको सोमबार भएको एक भेलाले गण्डकी प्रदेश स्तरिय रेडिमिक्चर तदर्थ समिति गठन गरेको छ । गुणस्थरीय निर्माणमा सहयोग पुग्ने गरि गण्डकी प्रदेशमा भएको रेडिमिक्चर ब्यवसायीहरुको भेलाले सस्थागत हितलाई मध्यनजर राख्दै सप्तगण्डकी आर यम सीका संचालक मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा तारानाथ पाठक, महासचिवमा अर्जुन थापा, उप महासचिवमा रामप्रसाद सुवेदी, कोषाध्यक्षमा तिलक गुरुङ र सदस्यमा… पुरा पढौ

सोमबार शेयर बजार बढ्यो

शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक ६.३० बिन्दुले बढेर एक हजार ३०१.३४ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गने सेन्सेटिभ परिसूचक १.२१ बिन्दुले बढेर २७८.२४ कायम भएको छ । कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता शेयर रु ७८ करोड ६४ लाख १२ हजार ८०८ खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको… पुरा पढौ

दसैंदेखि नेपालको आफ्नै रेल

सरकारले किन्न लागेका २ रेल आगामी दशैंमा नेपाल आउने भएका छन्। २ रेल आगामी असोजसम्ममा नेपाल आइसक्ने रेल विभागका महानिर्देशक बलराम रिजालले बताए । शुक्रबार नेपालका तर्फबाट रेल विभागका महानिर्देशक मिश्र र भारतका तर्फबाट कोंकण रेलवे कर्पोरेसन लिमिटेडका चिफ म्यानेजिङ डाईरेक्टर संजय गुप्ताबीच डिजेल इलेक्ट्रिक मल्टियुनिट ९डिइएमयु० मा आधारित रेल खरिद गर्न सम्झौता भएको थियो। रेल भित्रिएको केही दिनमा नै जयनगर–जनकपुर हुँदै कुर्थासम्म सञ्चालन गरिने उनले जानकारी दिए। यो मार्ग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं