ताजा समाचार

वैशाख ३१ गते २०७६

जनता खुसि हुने क्षेत्रमा नै बजेट प्राथमिकतामा पार्ने

अर्थमन्त्री डा युवराज खतिवडाले नेपाली जनताले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हुदै आएको बताएका छन् ।

प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा बजेटको आकार निर्धारण हुने जानकारी दिएका हुन् ।

संविधानको प्रस्तावना र राज्यका निर्देशक सिद्धान्तले निदृष्ट गरेको लक्ष्य हासिल गर्ने विषयलाई आधार बनाएर बजेट बनाइने बताउँदै उनले क्षेत्रगत आधारमा भन्दा नीतिगत, कार्यगत र योजनागत आधारमा बजेट विनियोजन हुने स्पष्ट पारे ।

बैठकमा सभामुख कृष्णबहादुर महराले सांसदले विधेयकका बारेमा उठाउनुभएका विषय र सुझवलाई एकीकृत गरी सम्बोधनका लागि अर्थ मन्त्रालयमा पठाइने जानकारी दिए ।प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ ६ गते सोमबार बिहान ११ बजे बस्नेछ ।