अर्थ, वाणिज्य

आईतबार सुन तोलाको कति पुग्यो ?

नेपाली बजारमा आइतबार छापावाल सुनको भाउ तोलामा ६० हजारमा कारोबार भइरहेको छयसअघि साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै आइतबार तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । चाँदी भने आइतबार तोलामा रु ७२० मा कारोबार भइरहेको छ। पुरा पढौ

कैदीबन्दीले बनाएको मुढाले बजार नपाउनुको कारण ?

कारागारमा रहेका कैदीबन्दीले बनाएका मुढाले बजार नपाएपछि कैदीबन्दी चिन्तित बनेका छन् । बाहिरी जिल्लाबाट सस्तो मूल्यमा मुढा आयात हुन थालेपछि तनहुँ कारागारका कैदीबन्दीले उत्पादन गरेको मुढाको बिक्री ठप्प भएको हो । कैदीबन्दीले बनाएको मुढा बलियो र टिकाउ हुने भएकाले यसको माग बढी हुन्थ्यो तर पछिल्लो दुई महीनादेखि ती मुढा बिक्री भएको छैन । बन्दी विष्णुहरि घिमिरेले बाहिर सस्तोमा मुढा आउन थालेपछि आफूले बनाएको मुढा बिक्री नभएको बताउनुभयो । उहाँका अनुसार… पुरा पढौ

कर्मचारीको तलब बढ्ने

सरकारले आगामी वर्षको बजेटमा सरकारी कर्मचारीको तलब बढाउने भएको छ । अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म तलब बढाउने तयारी छ । स्रोतले कर्मचारीले अहिले खाइपाई आएको भन्दा १५ देखि २५ प्रतिशतसम्म तलब वृद्धि गर्ने तयारी रहेको जानकारी दियो । पुरा पढौ

मुक्तिनाथमा थप पार्किङ स्थल बनाईदै

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकैको पुराङ रानीपौवामा थप अर्को बसपार्क पार्किङ स्थल निर्माण गरिदै छ ।चालु आर्थिक वर्ष ०७५÷०७६ को बिनियोजित १० लाख बजेट मार्फत बसपार्क निर्माण योजना सुरु भएको वारागुङ मूक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ । पछिल्लो समय मुक्तिनाथ दर्शनका लागि आउने सवारी साधनको संख्या बृद्धि भएपछि साविकको बसपार्क सांँघुरो भएको हो ।साविककै कालोपत्रे बसपार्कको दक्षिणतर्फ अर्को बसपार्क निर्माण हुँने गाउँपालिकाका असिस्टेन सव ईन्जिनीयर मिनबहादुर… पुरा पढौ

सहकारीलाई व्यवस्थित गर्न विषयगत संघको सक्रियता बढाऔ

सहकारी संस्थाहरुलाई प्रभावकारी रुपमा सञ्चालन गरी सहकारी मार्फत समाज रुपान्तरणका लागि जिल्ला स्तरीय संघहरुको भूमिका प्रभावकारी बनाउनु पर्नेमा पर्वतका सहकारीकर्मीहरुले जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहयोगमा बहुउद्देश्यीय सहकारी संघ लिमिटेड पर्वतले शुक्रवार कुश्मामा आयोजना गरेको सहकारी क्षेत्रको प्रवद्र्धनका लागि बहुउद्देश्यीय सहकारीहरुको भूमिका विषयक अन्तरक्रियाका सहभागीहरुले यस्तो बताएका हुन् । पर्वत जिल्लाका प्रारम्भिक सहकारीहरुले सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि जिल्ला स्तरीय संघहरु सक्रिय नभएका कारण… पुरा पढौ

सुनको मुल्य बढ्यो

सुन चाँदीको कारोबारमा शुक्रबार सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । बिहिवारको तुलनामा शुक्रबार सुन प्रति तोला ३ सय रुपैयाँले बृद्धि भएको हो । छापावाला सुन प्रति तोला ६० हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पुरा पढौ

यो वर्षको आर्थिक बृद्धिदर ७ प्रतिशत

अर्थमन्त्री डा युवराज खतिवडाले यो वर्षको आर्थिक बृद्धिदर ७ प्रतिशतले हुने बताएका छन् । प्रतिनिधि सभामा आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले यो वर्ष ७ प्रतिशतले आर्थिक बृद्धि हुने बताएका हुन् । केही समय अघिमात्र केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक बृद्धि ६.८१ प्रतिशतले हुने बताएको थियो । खतिवडाले ७ प्रतिशत भनेको यो पनि विभागकै तथ्यांक हो । तर अर्थमन्त्री खतिडाले भने यो वर्ष आधरमूल्यमा कर… पुरा पढौ

सिक्किम र दार्जिलिङमा पोखराको चर्चा

दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा साझेदारीका लागि छलफल गरेको छ । सिक्किम सरकार ग्रामीण व्यवस्थापन र विकास विभागअन्तर्गतको सिक्किम राज्य ग्रामीण विकास संस्थानको आयोजनामा सिक्किममा आयोजित अन्तक्र्रियामा नेपालको भूबनोट, निकटताजस्ता कारण दुवै देशमा पर्यटकीय साझेदारीका विषयमा जोड दिइएको थियो । टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले टेवानले स्थापनाकालदेखि नै पर्यटन प्रवद्र्धनका लागि… पुरा पढौ

उपल्लो मुस्ताङमा लोमान्थाङ गाउँपालिका महोत्सव हुने

पर्यटकीय माटोको ऐतिहाँसिक सहर लोमान्थाङमा प्रथम हिमाल महोत्सव आयोजना हुने भएको छ ।नेपाल भ्रमण वर्ष ट्वान्टी ट्वान्टीलाई लक्ष्य गरेर लोमान्थाङ गाउँपालिका र एक्याप लोमान्थाङले महोत्सवको आयोजना गर्ने तैयारी गरेको प्रमुख प्रशासकीय अधिकृत शुशिल अर्यालले जानकारी दिए । “कृषि, खेलकुद, संस्कृति,गुफा अनि दरबार ,प्रथम लोमान्थाङ गाउँपालिका महोत्सव पर्यटनको आधार“ भन्ने मूल नाराका साथ महोत्सवको तैयारी भईरहेको अधिकृत अर्यालले बताए ।आउँदो ज्येष्ठ १६ गते देखि १९ गते ४ दिन सम्म महोत्सव संञ्चालन… पुरा पढौ

महतगौंडा–टुटुंगा जोड्न झोलुंगे पुल

पोखरा १७ महतगौडाको ढुंगेसाँघु नजिकै पोखरा १५ टुटुंगा जोड्ने गरी झोलुंगे पुल निर्माण हुने भएको छ । साढे २७ लाख लागतमा बन्ने पुल बुधबार पोखराका मेयर मानबहादुर जिसीले शिलान्यास गरे । सेती नदीको गल्छी, प्राकृतिक रुपमा बनेको ढुंगेसाँघुको पुल, सदाशिवजी हरिहर मन्दिर लगायतका दृष्य पुलबाट हेर्न सकिनेछ । सीतापाइला सेतीनदी झोलुंगे पुल निर्माण समितिले आयोजना गरेको कार्यक्रममा मेयर जिसीले पुलले शब्दझैं २ भागलाई जोड्ने बताए । अनेक वेथितिलाई हटाउँदै काम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं