ताजा समाचार

वैशाख २९ गते २०७६

मुक्तिनाथमा थप पार्किङ स्थल बनाईदै

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकैको पुराङ रानीपौवामा थप अर्को बसपार्क पार्किङ स्थल निर्माण गरिदै छ ।चालु आर्थिक वर्ष ०७५÷०७६ को बिनियोजित १० लाख बजेट मार्फत बसपार्क निर्माण योजना सुरु भएको वारागुङ मूक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ ।


पछिल्लो समय मुक्तिनाथ दर्शनका लागि आउने सवारी साधनको संख्या बृद्धि भएपछि साविकको बसपार्क सांँघुरो भएको हो ।साविककै कालोपत्रे बसपार्कको दक्षिणतर्फ अर्को बसपार्क निर्माण हुँने गाउँपालिकाका असिस्टेन सव ईन्जिनीयर मिनबहादुर सार्कीले जानकारी दिए ।उनका अनुसार नया बन्ने बसपार्क र साविकको कालोपत्रेलाई जोड्ने गरी बसपार्क बनाईनेछ । नयाँ बन्ने बसपार्कको क्षेत्रफल लम्बाई ८० मिटर र चौडाई ८५ मिटरको हुँनेछ ।नया बसपार्क निर्माणको जिम्मा मुक्तिनाथ बसपार्क उपभोक्ता समितिले जिम्मा लिएको सव ईन्जिनीयर सार्कीले जनाए ।


यसअघि साविकको कालोपत्रे बसपार्क कागबेनी÷मुक्तिनाथ सडक कालोपत्रे गर्ने क्रममा स्थानीय पूर्वाधार तथा ग्रामिण सडक आयोजना (डोलीडार)ले निर्माण गरेको हो ।नया बसपार्क निर्माण भएपनि यातायात सहजताका कारण दिनहु सयौ सवारी साधन मुक्तिनाथ भित्रन थालेपछि बसपार्क सांँघुरो भएको बसपार्क उपभोक्ता समितिले बताएको छ ।समितिका अनुसार नया बसपार्क निर्माणपछि सवारी साधन भित्रने चैते दशै,१६ श्राद्ध ,मातातीर्थ औसी र दशै –तिहार जस्ता चाडपर्वमा पनि बसपार्कले भित्रिएका सवारी साधन थेग्न सक्नेछ ।बसपार्क निर्माणका लागि १ डोजर र २ वटा ट्याक्टरको प्रयोग भएको समितिको भनाई छ ।


यस्तै,वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ को मुक्तिक्षेत्रको पर्यटकीय संम्भावनालाई ध्यानमा राखेर गाउँपालिका चालु वर्ष आवश्यकता अनुसारको बजेट बिनियोजन गरेको छ ।गाउँपालिकाले यहाँ बैकल्पिक पदमार्ग सुधार,तालको स्तरोन्नति र सार्वजनिक शौचालय बिस्तारलाई प्राथमिकता दिएको वडा नम्बर १ का वडाअध्यक्ष बिरबहादुर गुरुङले जानकारी दिए ।


मुत्तिनाथ बजार क्षेत्रको मुख्य समस्या आकस्मिक उपचार कक्ष र सार्वजनिक शौचालय हो ।गाउँपालिकाले बजारक्षेत्रमा शौचालय निर्माणका लागि चालुवर्ष १० लाख बजेट बिनियोजन गरेको छ ।मुक्तिनाथक्षेत्रको ओझेलको गाउँ झारकोट देखि खिङ्गा हुँदै कालोभीर सम्म करिव ४ किलोमिटर पुरानो पैदल मार्गलाई बैकल्पिक पदमार्गको रुपमा बिस्तार गर्ने योजना बनाएको वडाअध्यक्ष गुरुङले बताए ।यसका लागि गाउँपालिकाले यसवर्ष ५ लाख छुट््याएको छ ।


यस्तै सोही वडामा रहेको पुरानो तोरा लेकलाई थप स्तरबृद्धि गर्न चालुवर्ष ५ लाख बजेट बिनियोजन गरेको हो ।लेकलाई साविक भन्दा केही फराकिलो पार्ने र लेकको सौन्दर्यकरण गराउन क्रममागत बजेट बिनियोजन हुँने वडाअध्यक्ष गुरुङको भनाई छ ।झारकोट गाउँ देखि मुक्तिनाथ सडक करिव १ मिटर तल तोरा लेक छ ।तालको स्तरोन्नतिपछि मुक्तिनाथ दर्शन गर्न आउने तीर्थालुले ताल पुगेर आनन्द लिन सक्ने उनले उल्लेख गरे ।

तोरा लेकलाई लम्बाई ९० मिटर र चौडाई ५० जति बृद्धि गर्दै लेकको आवश्यक साईजमा रुपान्तरण गरिने वडाअध्यक्ष गुरुङको भनाई छ ।