ताजा समाचार

वैशाख २९ गते २०७६

दसैंदेखि नेपालको आफ्नै रेल

सरकारले किन्न लागेका २ रेल आगामी दशैंमा नेपाल आउने भएका छन्। २ रेल आगामी असोजसम्ममा नेपाल आइसक्ने रेल विभागका महानिर्देशक बलराम रिजालले बताए ।

शुक्रबार नेपालका तर्फबाट रेल विभागका महानिर्देशक मिश्र र भारतका तर्फबाट कोंकण रेलवे कर्पोरेसन लिमिटेडका चिफ म्यानेजिङ डाईरेक्टर संजय गुप्ताबीच डिजेल इलेक्ट्रिक मल्टियुनिट ९डिइएमयु० मा आधारित रेल खरिद गर्न सम्झौता भएको थियो।

रेल भित्रिएको केही दिनमा नै जयनगर–जनकपुर हुँदै कुर्थासम्म सञ्चालन गरिने उनले जानकारी दिए। यो मार्ग बर्दिबाससम्म सञ्चालन हुने छ। यसको दुरी ५९ किलोमिटरको छ।

डिइएमयुमा आधारित दुई सेट रेल ८४ करोड ६५ लाख ९४ हजार ६ सय रुपैयाँमा खरिद गर्न लागिएको विभागले जनाएको छ। एउटा रेलमा पाँच डिब्बा रहनेछन्।

नेपालले रेल सञ्चालनका लागि हाल दुई विषयको अभाव छ, पहिलो कुरा नेपालसँग रेल सञ्चालन गर्ने प्राविधिक छैन। रेल सञ्चालनका लागि भारतीय पक्ष नै आउने विभागले जानकारी दिएको छ। अर्को कुरा रेल सञ्चालन गर्ने संयन्त्र नै नेपालमा छैन। विभागले रेल सञ्चालन गर्न सक्दैन। त्यसको लागि छुट्टै कम्पनी को आवश्यकता छ।

त्यसका लागी २०१३ सालमा स्थापना भएको नेपाल रेल्वे कम्पनीलाई नै बिउताउँने तयारीमा सरकार रहेको छ। जुन कम्पनी हाल बन्द अवस्थामा छ। सरकारले नेपाल रेल्वे कम्पनी रेल बोर्डको मातहतमा रहने गरी सञ्चालनको तयारी गरिरहेको छ। हाल सरकारले नेपाल रेल्वे कम्पनीको संगठन संरचना र कर्मचारी विनियमावली तयार गरिसकेको छ। यसको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अन्तिम रुप समेत दिईसकेको छ।