अर्थ, वाणिज्य

इन्धनको भाउ बढ्यो, केको मूल्य कति पुग्यो ?

नेपाल आयल निगमले इन्धनको भाउ बढाएको छ । पाक्षिक ७ करोड नाफा राखेर इन्धनको मूल्य बढाइएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ बढेको छ । अब पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ११ रुपैयाँ ५० पैसा र डिजेलको ९८ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ।… पुरा पढौ

स्थानीयले ढालिदिए बिजुलीको पोल

काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रशारण लाइनमा स्थानीयले अवरोध सिर्जना गरेका छन् । जसका कारण ललितपुर क्षेत्रमा लोडसेडिङ हुनसक्ने प्राधिकरणले बताएको छ । विद्युतको माग बढिरहेको तर, हाल विद्युत आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हुँदा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा लोडसेडिङ गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले बताएका छन् । आर्थिक वर्ष २०५५–०५६ बाट शुरु भएको थानकोट–चापागाउँ–भक्तपुर… पुरा पढौ

मजदुरले पर्वतै उठाउन सक्छन् : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मजदुरले समाज परिवर्तनमा सघाइरहेको बताउका छन् । हनुमानलाई झैं श्रमिक मजदुरलाई पनि आफ्नो शक्ति थाहा नहुने उल्लेख गर्दै उनले भने, ‘अब श्रमिक मजदुरले आफ्नो शक्ति बुभ्mनुपर्छ ।’ मजदुरको शक्तिलाई व्याख्या गर्न उनले रामायणमा उल्लिखित राम र हनुमानको कथा हाले । सीतालाई रावणले हरण गरेपछि रावणसँग लडाइ गर्न समुन्द्रको बाटो कसरी जाने भनेर कुरा गर्दा रामले हनुमानलाई पहाड नै बोक्न सक्ने शक्ति रहेको बताइदिएको प्रसँग मुख्यमन्त्री… पुरा पढौ

अर्थमन्त्री डा.खतिवडा आज राति सुटुक्क फिजी जानुको कारण के हो ?

अर्थमन्त्री डा. युवराज खतिवडा आज राती फिजीतर्फ प्रस्थान गर्दैछन्। आगामी मे ०२–०५ सम्म फिजीको नादीमा आयोजना हुने एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन मन्त्री खतिवडा त्यसतर्फ जान लागेका हुन् । बैठकमा मन्त्रि खतिवडाले नेपालको गर्भनरको रुपमा वार्षिक बैठकका विषय सूचीहरुमा धारणा राख्ने छन्। अर्थमन्त्री खतिवडाले एशियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एशियाका महानिर्देशक, युरोपियन लगानी बैंक , ओफिडलगायतका वित्तिय संस्थहरुका उच्च पदस्थ प्रतिनिधिहरुसँग महत्वपूर्ण… पुरा पढौ

एनसेल काण्ड: अव अन्तर्राष्ट्रिय अदालत जाने एनसेलको तयारी

एनसेलले कर विवादको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने भएको छ । एनसेलले नेपाल सरकारले निर्धारण गरको करका विरुद्धको मुद्दा लिएर अन्तर्राष्ट्रिय आर्बिट्रेसन निकायमा जाने भएको हो । एजिआटा यूके र एनसेलले आर्बिट्रेसनमा जानका लागि अन्तर्राष्ट्रिय लगानी सम्बन्धी विवाद समाधान केन्द्र ९आईसीएसआईडी०मा निवेदन दिने तयारी गरेको छ । आईसीएसआईडीे विश्व बैंक समूह अन्तरगतको कर तथा लगानी सम्बन्धी विवाद हेर्ने केन्द्र हो । एनसेलले यसमा जाने निर्णय गरेर मलेससियाको स्टक एक्सचेन्जमार्फत सेयर लगानीकर्तालाई आर्बिट्रेसनमा… पुरा पढौ

घरेलु तथा साना उद्योहरुलाई राज्यले हेप्यो

घरेलु तथा साना उद्योहरुलाई राज्यले विशेष सुविधा र संरक्षण दिनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग विकास कोषको सहयोगमा आइतबार पोखरामा आयोजित लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धनसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले आफूहरुले राज्यबाट खासै सुविधा नपाएको गुनासो पनि गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ घरेलु तथा साना… पुरा पढौ

बागलुङका ३ सहकारी एकीकृत

बागलुङ काठेखोला गाउँपालिका २ भिमापोखरास्थित ३ वटा सहकारीलाई एकीकरण गरिएको छ । गुँहेली सञ्चार सहकारी, सूर्यमुखी कृषि तथा पशु व्यवसायी सहकारी र सक्षम बचत ऋण सहकारी संस्थाको शनिबार सम्पन्न विशेष साधारणसभाले एकिकृत सहकारी संस्थाको नाम गुँहेली सञ्चार सहकारी रहने निर्णय गरेको हो । सहकारीको मर्म अनुसार उत्पादनमा केन्द्रित हुनेगरी ३ सहकारीका बीचमा एकीकरण भएको हो । एकीकृत सहकारीको कूल पुँजी ८९ लाख ९८ हजार ९ सय २६ छ । साधारणसभाले… पुरा पढौ

नेपाल टेलिकमको प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा भोलिदेखि लागु हुँदै

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा लागु गर्ने भएको छ । टेलिकमले सोमबारदेखि यो सेवा प्रथम चरणमा भारत र चीनमा लागु गर्ने जनाएको हो । यो सेवा सुरू भएसँगै नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले चीन र भारतमा रहँदा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन् । त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत… पुरा पढौ

आईतबारको शेयर बजार २२ अङ्कले वृद्धि

धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार १.७३ प्रतिशतले वृद्धि भएको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.१८ विन्दुले बढेर २८२.८५ विन्दुमा पुगेको छ । कूल १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर रु… पुरा पढौ

आईएनजीओको २३ अर्ब वालुवामा पानी

गैरसरकारी संस्थाले विभिन्न क्षेत्रमा २३ अर्ब बराबरको रकम खर्चेर कार्यक्रम सञ्चालन गरे पनि देश र जनताको हितमा तात्विक उपलब्धि नभएको पाइएको छ । २३ देशका ९८ गैरसरकारी संस्थाले नेपालको विभिन्न क्षेत्रमा २३ अर्व ६ करोड ७४ लाख रुपयाँ कार्यक्रम स्वीकृत गरे पनि त्यसले अपेक्षित नतिजा हासिल गर्न नसकेको महालेखा परीक्षण कार्यालयको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा समाज कल्याण परिषदबाट ती गैरसरकारी संस्थाले कार्यक्रम सञ्चलानर्थ स्वीकृित लिएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं