बागलुङ काठेखोला गाउँपालिका २ भिमापोखरास्थित ३ वटा सहकारीलाई एकीकरण गरिएको छ । गुँहेली सञ्चार सहकारी, सूर्यमुखी कृषि तथा पशु व्यवसायी सहकारी र सक्षम बचत ऋण सहकारी संस्थाको शनिबार सम्पन्न विशेष साधारणसभाले एकिकृत सहकारी संस्थाको नाम गुँहेली सञ्चार सहकारी रहने निर्णय गरेको हो ।
सहकारीको मर्म अनुसार उत्पादनमा केन्द्रित हुनेगरी ३ सहकारीका बीचमा एकीकरण भएको हो । एकीकृत सहकारीको कूल पुँजी ८९ लाख ९८ हजार ९ सय २६ छ । साधारणसभाले भूमिश्वर उपाध्यायको अध्यक्षतामा नयाँ सञ्चालक समितिसमेत गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सीता शर्मा, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा प्रसाद थापा, सहसचिवमा पार्वती शर्मा छन् । सदस्यमा खिमबहादुर कार्की, ऋषिराम शर्मा, चित्रबहादुर कार्की, नवीन शिशिर, तारा थापा केसी र लक्ष्मी थापा छन् ।




