अर्थ, वाणिज्य

सुन्तला किसानलाई सघाउँदै महानगर

पोखरा महानगरपालिकाकाले सुन्तलाको पकेट क्षेत्र मानिएको वडा नम्बर २१ दोपहरे लगायतका ठाउँका किसानलाई बगैंचा व्यवस्थापन गर्न आर्थिक सहयोग गरेको छ । मेयर प्रविधि मैत्री कृषि परियोजना अन्तर्गत सुन्तला बगैंचा व्यवस्थापन अभियानलाई सघाउन आर्थिक सहयोग गरेको हो । शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर २१ को दोपहरेमा आयोजित कार्यक्रममा पोेखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सुन्तलाको बगैंचा व्यवस्थापनमा सघाउन किसानलाई नगद रकम हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रमुख जिसीले सुन्तलाको सामूहिक रुपमा उत्पादन… पुरा पढौ

एसईई विद्यार्थीहरुका लागि १ रुपैयाँमा ‘पहिलो सिम’ अफर

एनसेलले ‘पहिलो सिम’ अफर सञ्चालन गरेको छ । एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको हो । सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समाविष्ट छन् । सिम प्राप्त गर्न विद्यार्थीहरुले एसइइको प्रवेश कार्ड र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान् लिएर जानु पर्नेछ । एसईई सिममा समाविष्ट अफरहरु अन्तर्गत… पुरा पढौ

प्रदेश स्तरिय लगानी सम्मेलन चितवनमा ,केके छन् त छलफलका विषय ?

प्रदेश ३ सरकारको आयोजनामा प्रदेशस्तरीय लगानी सम्मेलन भरतपुरमा शुक्रबार सुरु हुँदैछ। विभिन्न क्षेत्रमा लगानीको सम्भावना, लगानीको सुरक्षा, चुनौती, कमी कमजोरी, अवसर तथा सुधार गर्नुपर्ने विषयलगायतका विषयमा उद्योगी व्यवसायीहरूसँग छलफल गरी प्रदेशमा लगानीको वातावरण तयार गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको आयोगका सदस्य श्याम बस्नेतले बताए । भरतपुर हाकिमचोकस्थित होटल स्टार व्याङ्क्वेटमा हुने सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिउँसो २ बजे गर्ने कार्यक्रम छ।… पुरा पढौ

‘नेपालको पहिचान इम्ब्रोइडरी एण्ड गार्मेन्ट’

नेपालको पहिचानमा धेरैले धेरै कुरा गर्ने गर्दछन् । नेपालको चहिचान सगरमाथा लगायत विभिन्न छन् । धेरै क्षेत्रबाट नेपाललाई चिनाउने गरी काम भएका छन् । पछिल्लो समयमा गार्मेन्टले पनि नेपालको पहिचान दिने गरेको छ । विशेषगरी व्यवसायीले गार्मेन्टमा इम्ब्रोइडरी गरेर नेपालको झण्डा लगायत विभिन्न चित्र कोर्दछन् । नेपालको पहिचान झल्कने गरी चित्र कोरिएका ती कपडा विदेशीहरूले मन पराएर खरिद गरेर आफ्नो देशसम्म पुर्याउँछन् । यसरी गार्मेन्टमा इम्ब्रोइडरीमार्फत नेपालको पहिचान विश्वसामू पुर्याउने… पुरा पढौ

बुधबार साँझदेखि जेटका सबै उडान रोकिने, किन ?

चरम आर्थिक संकटमा परेको २५ वर्ष पुरानो भारतीय एयरलाइन्स जेट एयरवेजलाई ऋणदाताहरुले थप रकम उपलब्ध नगराउने जनाएसँगै बुधबार साँझदेखि जेटका सबै उडान रोकिने भएका छन् ।  रोयटर्सका अनुसार, जेटलाई तत्काल उडान सुचारु गर्न आपत्तकालिन कोषकालागि ४ सय करोड भारु आवश्यक थियो। तर, ऋणदातासँग बुधबार साँझ भएको संचालकहरुको बैठकमा उनीहरुले थप रकम उपलब्ध गराउन इन्कार गरेपछि जेटका सबै उडान बन्द हुने भएका हुन्। १ सय १५ वटासम्म विमान भएको यो कम्पनीसँग बुधबार… पुरा पढौ

आज फेरी घट्यो सुनको भाउ

सुनको भाउ बुधबार घटेको छ । सुन बुधबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ३ सय रुपैयाँ घटेको हो । चाँदी भने बुधबार तोलामा ५ रुपैयाँ बढेर ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । पुरा पढौ

गण्डकी प्रदेश सरकारको बजेट खर्च जम्मा १९ प्रतिशत

गण्डकी प्रदेश सरकारले अहिलेसम्म जम्मा १९ प्रतिशत बजेट खर्च गरेको देखिएको छ । चालु आर्थिक वर्षमा २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले चैत २५ सम्मको तथ्यांकअनुसार ३ अर्ब ३० करोड रुपैयाँमात्र खर्च गरेको छ । चालुतर्फ १ अर्ब ६४ करोड ९७ लाख र पुँजीगततर्फ १ अर्ब ६५ करोड १० लाख मात्र खर्च भएको छ । झन्डै ८० प्रतिशत बजेट खर्च भइसकेको छैन । प्रदेश आर्थिक… पुरा पढौ

सिन्डिकेट अन्त्यसंगै यातायात कम्पनी दर्ता गर्ने क्रम बृद्धि

यातायात क्षेत्रमा आथिकवर्षमा ७ सय भन्दा बढी यातायात कम्पनीहरु दर्ता भएका छन् । विशेष गरी यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य भएसँगै यातायात कम्पनी दर्ता संख्या वृद्धि भएको हुन् । वर्तमान सरकारले अघिल्लो वर्षको वैशाख २३ गतेदेखि यातायात क्षेत्रमा भएको सिन्डिकेट खारेज गर्ने निर्णय गरेको थियो ।यस अवधिमा ७०८ वटा यातायात कम्पनीहरु दर्ता भएका कम्पनी रजिष्ट्रर कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी जेठमा यातायात कम्पनी दर्ता भएको… पुरा पढौ

बुढीगण्डकीको बिजुली बाल्न होइन हेर्न !

अर्थसचिव डाक्टर राजन खनालले बुढीगण्डकी जलविद्युत परियोजनाबाट बिजुली बाल्न नसकिने घोषणा गरेका छन् । ‘मुआब्जा दिँदादिँदै बुढीगण्डकी परियोजना महंगो भएको छ, त्यहाँबाट बिजुली निकालेर बालौँला जस्तो लागेन’, उनले भने, ‘हेर्न भने सकौँला ।’ बुढीगण्डकी बनाउन अरबौँ रकम लाग्ने र त्यहाँबाट उत्पादित बिजुली महंगो पर्ने भएकोले बाल्न नसकिने उनको तर्क थियो । अर्थसचिव खनाल अर्थमन्त्रालयको राजश्व परामर्श समितिको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको संयोजनमा पोखरामा मंगलबार आयोजित आगामी आर्थिक वर्ष… पुरा पढौ

एनसेलले ३९ अर्ब ७ दिनमा बुझाउनुपर्ने

सरकारले एनसेल प्रालि बिक्रीमा लाग्ने पूँजीगत लाभकर निर्धारण गरेको छ । सर्बोच्च अदालतको पूर्ण पाठ आए लगत्तै सरकारले एनसेलको लाभकर निर्धारण गरेको हो । अदालतले तीन महिनाभित्र कर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएको थियो ।ठूला करदाता कार्यालयले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको हो । एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं