होटल प्रतिनिधि समाजमा राजकुमार गुरुङ

होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा राजकुमार गुरुङ निर्वाचित भएका छन् । शनिबार भएको १८ औं साधारणसभा तथा १० औं अधिवेशनले गुरुङको अध्यक्षमा नयाँ समिति चुनेको हो ।

वरिष्ठ उपाध्यक्ष पोष्टबहादुर पाण्डे, प्रथम उपाध्यक्ष नारायणहरि पौडेल, महासचिव मोतिराम पौडेल, सचिव सहदेवमान पोखरेल, कोषाअध्यक्ष सन्तोष देवकोटा र सहकोषाअध्यक्ष श्याम राना छन् । सदस्यमा नवराज खडका, विष्णु पहारी, अनील गुरुङ क्राउन, निश्चल रानामगर, ठमनसिंह खडका र सुनील भुर्तेल चयन भएको निर्वाचन अधिकृति शोभा पराजुलीले जानकारी दिइन् । १३ सदस्यीय समितिको कार्यकाल २ वर्ष छ ।

कार्यक्रममा पश्चिमाञ्चल होटल संघ पोखरा अध्यय विकल तुलाचनले पोखरालाई प्रर्यटनको राजधानी घोषण गर्न नेपाल सरकारलाई आग्रह गरे । होटल प्रतिििनधि प्रत्यक्षरुपमा प्रर्यटकका दूत भएकाले पोखरालाई कस्तो पर्यटककीय क्षेत्र बनाउनेमा उनीहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए । प्रतिनिधि र होटल संघको सम्बन्धलाई नङ–मासुसँग उनले तुलना गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष नगेन्द्रबहादुर थापा, महासचिव सन्तोष काफ्ले र कोषाअध्यक्ष पुरुषोतम न्यौपाने बोलेका थिए ।