सिन्डिकेट अन्त्यसंगै यातायात कम्पनी दर्ता गर्ने क्रम बृद्धि

यातायात क्षेत्रमा आथिकवर्षमा ७ सय भन्दा बढी यातायात कम्पनीहरु दर्ता भएका छन् । विशेष गरी यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य भएसँगै यातायात कम्पनी दर्ता संख्या वृद्धि भएको हुन् ।

वर्तमान सरकारले अघिल्लो वर्षको वैशाख २३ गतेदेखि यातायात क्षेत्रमा भएको सिन्डिकेट खारेज गर्ने निर्णय गरेको थियो ।यस अवधिमा ७०८ वटा यातायात कम्पनीहरु दर्ता भएका कम्पनी रजिष्ट्रर कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी जेठमा यातायात कम्पनी दर्ता भएको छ भने त्यसपछि क्रमश असार, भदौ, साउन, असोज, पुस र कार्तिकमा सबैभन्दा कम यातायात कम्पनी दर्ता भएका छन् ।

कार्यालयका अनुसार वैशाखमा १७ वटा कम्पनी दर्ता भएका छन् । जेठमा १४८ यातायात कम्पनी कर्यालयमा दर्ता हुदाँ असारमा ७५ ,साउनमा ७०, भदौमा ७४ र असोजमा ६० वटा यातायात कम्पनी दर्ता भएका छन् । यस्तै कार्तिकमा २०, मंसिरमा ५१ र पुसमा ५९, माघमा ३०, फागुनमा ४१ , चैत्रमा ४९ वटा यातायात कम्पनी दर्ता भएका छन् ।

एउटा गाडी हुने व्यक्ति अथवा संस्थाले पनि कम्पनी दर्ता गर्न पाउने भएसँगै कम्पनी दर्ताको संख्या बढ्न पुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।