एसईई विद्यार्थीहरुका लागि १ रुपैयाँमा ‘पहिलो सिम’ अफर

एनसेलले ‘पहिलो सिम’ अफर सञ्चालन गरेको छ । एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको हो ।

सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समाविष्ट छन् ।

सिम प्राप्त गर्न विद्यार्थीहरुले एसइइको प्रवेश कार्ड र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान् लिएर जानु पर्नेछ ।

एसईई सिममा समाविष्ट अफरहरु अन्तर्गत मात्र रु. १७.७० मा दैनिक डाटा प्याकहरुः दिनको प्याकमा ३०० एमबि, जुन विहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असीमित इन्टरनेट, जुन राती ११ बजेदेखि विहान ७ बजेसम्म कायम रहनेछ ।

यो पहिलो सिम अफर यही २०७६ वैशाख ६ गतेदेखि ९० दिनसम्म लागू हुने एनसेल कम्पनीले जनाएको छ । विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन् ।