अर्थ, वाणिज्य

ओम-एनबिआई बीच सम्झौता

ओम डेभलपमेन्ट बैंक तथा नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबिआई) बीच विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण (जानबी) कोर्ष प्रदान गर्ने सहमति भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी तथा एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरे । विकास बैंकहरूमध्ये समझदारीपत्र हस्ताक्षर गर्ने ओम विकास बैंक पहिलो बैंक भएको छ । समझदारीपत्रमा नेशनल बैंकिङ्ग इन्स्टिच्युटमार्फत ओम डेभलपमेन्ट बैंकका १ सय भन्दा बढी कर्मचारीलाई विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण (जानबी) कोर्स प्रदान… पुरा पढौ

एनएमबी माईक्रोफाईनान्सको वार्षिकोत्सवमा रक्तदान

पोखराको हेम्जास्थित प्रधान कार्यालय रहेको एनएमबी माईक्रोफाईनान्स वित्तीय संस्थाको छैंठौ वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रम पोखरा–२५ का वडाध्यक्ष दिवाकर तिम्सिनाले शुभाम्भ गरे । बैंकका कर्मचारी कृष्णप्रसाद गैरे, क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका प्रमुख धुव्रमणि लामीछाने, वडाध्यक्ष विवाकर तिम्सिना र संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरलीप्रसाद लम्सालले कार्यक्रम बारेमा चर्चा गरेका थिए ।… पुरा पढौ

मलेसियाबाट धुर्मुस सुन्तलीलाई २ लाख ३३ हजार सहयोग

धुर्मुस सुन्तली फाउन्डेसनद्धारा चितवनको भरतपुरमा निर्माण हुन् लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को लागि मलेसियाको जेसिवाइ कम्पनिमा कार्यरत श्रमिकहरुले आर्थिक सहयोग गरेका छन् । जेसिवाइ कम्पनिमा कार्यरत ६ सय २१ जना श्रमिकहरुले आइतवार धुर्मुस सुन्तली फाउण्डेशनलाई ८ हजार ७ सय ४७ मलेसियन रिंगेट अर्थात २ लाख ३३ हजार ९ सय ८२ रुपैँया नेपाली सहयोग पठाएका हुन् । सहयोग रकम पठाउँदै उनीहरुले सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्तर्राष्ट्रियस्तरको… पुरा पढौ

छोरीको जन्मदिनमा धुर्मुस–सुन्तलीले रंगशाला निर्माणमा सहयोगको घोषणा

चितवनको भरतपुरमा निर्माणाधिन ‘गौतम बुद्द अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि अभियन्ता तथा कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस)र कुञ्जना घिमिरे (सुन्तली)ले आर्थिक सहयोगको घोषणा गरेका छन् । बिहीबार (आज) परेको छोरी सुबिहानीको जन्मदिनको अवसरमा यो जोडीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेको हो । सितारामले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘हाम्री प्यारि छोरी सुबिहानी कट्टेलको आज परेको जन्मदिनको सु–अवसरमा हामी द्वय सिताराम कट्टेल र कुन्जना घिमिरेको तर्फबाट… पुरा पढौ

नवलपुर अब औद्योगिक क्षेत्र : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवलपुरलाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने बताएका छन् । नवलपुरको कावासोतीमा घरेलु तथा साना उद्योग कार्यालयको मङ्गलबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘नवलपुर गण्डकी प्रदेशको समृद्धिका लागि एउटा महत्वपूर्ण जिल्ला हो, यहाँ उद्योग, कलकारखानालाई प्राथमिकता दिएर योजना बनाउने काम शुरु गरिसकेका छौँ ।’ वन तथा वातावरणमन्त्री विकास लम्सालले नवलपुरको लोकाहामा व्यवस्थित औद्योगिक क्षेत्र बनाउने योजना बनाइएको बताए । नवलपरासीपूर्वको कावासोती–८ मा रहेको सेक्टर वन कार्यालयको… पुरा पढौ

वल्र्डलिङ्क निःशुल्क !

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले १ वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी १ वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी गराए । वल्र्डलिङ्कले अहिले ३ हजार ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको छ । सेवाग्राहीले एकपटकमा ‘लगइन’ गरेपछि करीब १ घण्टा ३० मिनेट निःशुल्करूपमा इन्टरनेट चलाउन सक्नेछन् । कम्पनीले पर्यटकीय… पुरा पढौ

प्रदेश सरकार, खर्कमा रोईरहेका पशुपालक किसानलाई राहत देउ : बिष्ट

मुस्ताङ लगायत हिमाली तथा उच्चपहाडी जिल्लाका दर्जनौं पशुपालक किसानले अहिले व्यवहोरे क्षति पीडाँको बिषय गण्डकी प्रदेशमा पनि पोखियो ।जारी सिजनको बाक्लो हिमपात र चरन अभावमा मुस्ताङका खर्र्कमा सयौं चौरीयाक तथा भेडाबाख्रा मरेपछि प्रदेशसभा यो बिषयले प्रबेश पाएको हो । सांँसद ईन्द्रधारा बिष्टले आईतबार गण्डकी प्रदेशको जारी सदनमा सरकारको ध्यानआर्कषण गर्दै पीडित किसानले व्यवहोरे बिद्यमान क्षतिको एकीन बिवरण सहित उचित क्षतिपूर्तिको माग गरे । जारी सिजनको हिमपातले उपल्लो मुस्ताङको लोमान्थाङ र… पुरा पढौ

चर्को ब्याजदर तत्काल हटाउनुपर्ने माग

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंक तथा वित्तीय संस्थाले लिने चर्को ब्याजदर तत्काल हटाउनुपर्ने माग गरेको छ । महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी नेपाल–चीनको प्रमुख नाकाका रुपमा रहेको केरुङसम्म जानका लागि सहजताका साथ निश्चित समयका लागि पासको व्यवस्था गर्नुपर्नेसमेत माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्योगी व्यवसायीलाई त्यस क्षेत्रको आवश्यक नीतिनियम बनाउँदा सरकारले समावेशी र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ भने । महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको… पुरा पढौ

राष्ट्र बैंकले एक सय दरका ४० करोड थान नयाँ नोट छाप्ने

nrb
नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँ दरका थप ४० करोड थान नयाँ नोट छाप्न भएको छ ।  यसको लागि राष्ट्र बैंकले बेलायतको डेला रुई इन्टरनेशनलसँग सम्झौता गरेको छ  । राष्ट्र बैकको मुद्रा व्यवस्थापन बिभागले नयाँ नोट डिजाईन, छपाई तथा आपुर्ती गर्नको लागि बेलायतको डेला रुई इन्टरनेशनल लिमिटेड संग सम्झौता गरेको जानकारी दिएको हो ।  राष्ट्र बैंकका अनुसार पाउण्ड स्टर्लिङ ८० लाख ७२ हजार मा उक्त परिमाणमा नोट छपाई, डिजाईन तथा… पुरा पढौ

ओम र डेभलपमेन्ट बैंक राष्ट्रिय बीमा बीच सम्झौता

ओम डेभलपमेन्ट बैंक लि.र राष्ट्रिय बीमा कम्पनी बीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरेका हुन । सम्झौतामा बैंकले हालै मात्र बजारमा ल्याएकोे नयाँ बचत खाता ‘सुरक्षित जीवन वचत खाता’ खोल्ने ग्राहकको रु ७ लाखको दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनी मार्फत हुनेछ । यसैगरी उक्त दुर्घटना… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं