ओम-एनबिआई बीच सम्झौता

- ओमका कर्मचारीलाई विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण (जानबी) कोर्ष प्रदान गरिने

ओम डेभलपमेन्ट बैंक तथा नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबिआई) बीच विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण (जानबी) कोर्ष प्रदान गर्ने सहमति भएको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी तथा एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरे ।

विकास बैंकहरूमध्ये समझदारीपत्र हस्ताक्षर गर्ने ओम विकास बैंक पहिलो बैंक भएको छ ।

समझदारीपत्रमा नेशनल बैंकिङ्ग इन्स्टिच्युटमार्फत ओम डेभलपमेन्ट बैंकका १ सय भन्दा बढी कर्मचारीलाई विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण (जानबी) कोर्स प्रदान गर्ने सहमति भएको हो । बैंकिङ्ग कर्मचारीको क्षमता एवं दक्षता अभिवृद्धि गर्ने प्रयास स्वरुप यो कोर्षको विकास गरिएको हो ।

उनीहरूको क्षमता बृद्धि तथा बैंकिङ सम्बन्धी ज्ञान, सिप र शिक्षामा अझ बढी निखार ल्याउने साथै भविष्यमा बैंकिङ क्षेत्रमा अव्वलरुपमा उभ्याउनु यसको उद्देश्य रहेकोे बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।