नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँ दरका थप ४० करोड थान नयाँ नोट छाप्न भएको छ ।
यसको लागि राष्ट्र बैंकले बेलायतको डेला रुई इन्टरनेशनलसँग सम्झौता गरेको छ । राष्ट्र बैकको मुद्रा व्यवस्थापन बिभागले नयाँ नोट डिजाईन, छपाई तथा आपुर्ती गर्नको लागि बेलायतको डेला रुई इन्टरनेशनल लिमिटेड संग सम्झौता गरेको जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार पाउण्ड स्टर्लिङ ८० लाख ७२ हजार मा उक्त परिमाणमा नोट छपाई, डिजाईन तथा आपूर्तिको लागि सम्झौता गरिएको हो ।
राष्ट्र बैंकले २०७५ माघ १६ गते नयाँ नोट डिजाईन, छपाई तथा आपूर्ति गर्नको लागि ग्लोवल टेण्डर आव्हान गरेको थियो । सोही टेण्डर अनुरुप बेलायती कम्पनी डेला रुईले न्युनतम रकममा बोलकवोल पेश गरेपछि सोही कम्पनीसँग नयाँ नोटको डिजाईन, छपाई तथा आपूर्ति गर्न सम्झौता गरिएको हो ।
राष्ट्र बैंकले यसअघि फागुन २१ गते पनि सार्वजनिक सुचना जारी गर्दे ५० दरका २३ करोड थान नयाँ नोट छपाई, डिजाईन तथा बितरण गर्नको लागि फ्रान्सेली कम्पनी अव्बर्थरसँग सम्झौता गरेको थियो । उक्त नोट छपाईको लागि भने अव्बर्थरसँग ४७ लाख ७२ हजार पाँच सय युरोमा सम्झौता गरिएको थियो ।






