प्रदेश सरकार, खर्कमा रोईरहेका पशुपालक किसानलाई राहत देउ : बिष्ट

- गरीखाने पेशालाई प्रकृति ह¥यो,रोजीरोटी खाने माध्यम गुमेपछि जीवन कसरी धान्ने भन्दै किसानहरु रुदै छन््।’

मुस्ताङ लगायत हिमाली तथा उच्चपहाडी जिल्लाका दर्जनौं पशुपालक किसानले अहिले व्यवहोरे क्षति पीडाँको बिषय गण्डकी प्रदेशमा पनि पोखियो ।जारी सिजनको बाक्लो हिमपात र चरन अभावमा मुस्ताङका खर्र्कमा सयौं चौरीयाक तथा भेडाबाख्रा मरेपछि प्रदेशसभा यो बिषयले प्रबेश पाएको हो ।


सांँसद ईन्द्रधारा बिष्टले आईतबार गण्डकी प्रदेशको जारी सदनमा सरकारको ध्यानआर्कषण गर्दै पीडित किसानले व्यवहोरे बिद्यमान क्षतिको एकीन बिवरण सहित उचित क्षतिपूर्तिको माग गरे ।
जारी सिजनको हिमपातले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पशुपालक किसान सबैभन्दा बढी मारमा परेको बिष्टले खुलाए ।

’फिरन्ते (नोमेट) पशुपालक किसान अहिले बिचल्लीमा परे,आफ््नै आँखा अगाडी दुख र मेहनतले हुर्काईएका याकचौरी तथा भेडाबाख्र्रा धमाधम मरे,’सांसद बिष्टले भावुक हुँदै भने,‘ गरीखाने पेशालाई प्रकृति ह¥यो,रोजीरोटी खाने माध्यम गुमेपछि जीवन कसरी धान्ने भन्दै किसानहरु रुदै छन््।’


खर्ककै गोठ भएको क्षेत्रमा बाक्लो हिमपातले बाटो सबै ढाकिएको र सकुशल अवतरण गर्न कठिनाई भईरहेको बिष्टले सदनलाई अवगत गराए ।उनले गन्तब्य थुनिएको खर्कमा पानी र आहार नहुदा चौपाया लगायत गोठाला समेत संकटमा परेको उल्लेख गरे ।


उपल्लो मुस्ताङमा करिव १ दर्जन फिरन्ते(नोमेट) किसानहरु रहेको सदनमा उल्लेख गर्दै उनले यस्ता किसानको घरजग्गा नभई पशुपालन गर्दै त्रिपालमुनिको जीवन व्यतित गर्ने गरेको जानकारी दिए ।यसवर्ष ठुलो संख्यामा चौपाया मरेको बताउदै उनले सरकारले संम्वोधन गर्न नसके परम्परागत पशुपालन व्यवसायनै लोप हुनसक्ने सरकारलाई सुझाए ।


हिमपातकै बिषय जोड््दै सांसद बिष्टले लगातारको हिमपातले उपल्लो मुस्ताङ जाने सडकमा लामो समयदेखि अवरुद्ध भएकाले हिउँ पन्छ््याउन सरकार संग माग गरे ।बैकल्पिक पेशा तथा जाडो छल्न बेशी झरेका उपल्लो मुस्ताङबासी बाटोघाटो बन्द हुदाँ गन्तब्यमा पुग्न नसकेको जनाए ।

’बाटोघाटो छैन,बिजुली छैन,संञ्चार छैन,उनले भने,‘सडक अवरोधकै कारण खाद्यान्न ढुवानीमा समेत बाधा पुगेको छ,अझै जीवनयापन कष्ठकरनै छ ।’


जिल्ला प्रशासन कार्यालयको पहलमा आईतबार असई नरेन्द्र पौडेलको नेतृत्वमा सीमा प्रहरी चौकीको एक टोली लगत संकलन गर्न प्रस्थान गरेको र केही दिनमै बिस्तृत क्षति बिवरण बाहिर आउने सहायक प्रमुख जिल्ला अधिकारी बिश्वश्वर रेग्मीले जानकारी दिए ।उनले खर्कमा अलपत्र परेका याकचौरी तथा भेडाबाख्रा सुरक्षित स्थानमा ल्याई प््¥याउन बाक्लो हिउँले समस्या उब्जिएको ख््ुलाए ।