एनएमबी माईक्रोफाईनान्सको वार्षिकोत्सवमा रक्तदान

पोखराको हेम्जास्थित प्रधान कार्यालय रहेको एनएमबी माईक्रोफाईनान्स वित्तीय संस्थाको छैंठौ वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रम पोखरा–२५ का वडाध्यक्ष दिवाकर तिम्सिनाले शुभाम्भ गरे ।

बैंकका कर्मचारी कृष्णप्रसाद गैरे, क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका प्रमुख धुव्रमणि लामीछाने, वडाध्यक्ष विवाकर तिम्सिना र संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरलीप्रसाद लम्सालले कार्यक्रम बारेमा चर्चा गरेका थिए ।

६ वर्ष अघि १० जिल्ला कार्यक्षेत्रसहित पोखराको हेम्जामा स्थापित वित्तीय संस्था हाल राष्ट्रियस्तरको वित्तीय संस्थामा स्तरोन्नति भई नेपाल अधिराज्यका ५४ जिल्लामा १ सय शाखामार्फत करिब १ लाख सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्सालले जानकारी दिए ।