अर्थ, वाणिज्य

हावाहुरी पीडितका लागि कृषि विकास बैंकको १५ लाख सहयोग

कृषि विकास बैंकले बारा र पर्साका हावाहुरी पीडितका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले पीडितको सहायताका लागि प्रधामन्त्री दैविप्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ जम्मा गरेको हो ।चैत १७ गते आइतबार राती बारा र पर्सामा भिषण हावाहुरी र असिना पानीले ठूलो जनधनको क्षति भएको थियो । पुरा पढौ

स्याउ फलाउँदै गोरखाका भूकम्प पीडित

गोरखाको धार्चे गाउँपालिकामा सामूहिक स्याउ खेती गरिने भएको छ । धार्चेको उचाइ र हावापानी व्यावसायिक स्याउ खेतीका लागि उपर्युक्त मानिन्छ । गण्डकी प्रदेशको सहयोगमा भूकम्प पीडितको जीविकोपार्जनका लागि स्याउ खेती गर्न लागिएको हो । केही दिनअघि धार्चे पुगेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले कृषकलाई विरुवा हस्तान्तरण गरी सामूहिक स्याउ खेतीको सुरुआत गरेका हुन् । ‘भूकम्प पीडितलाई सघाउन गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यो कार्यक्रम दिएको हो’,… पुरा पढौ

मुक्तिनाथ विकास बैंक र एनबिआईबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

मुक्तिनाथ विकास बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले द्रुतगतिमा विस्तार गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एनबिआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् । यस सम्झौतापत्र अनुसार एनबिआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपप्सको संरचना  र सुविधाहरु बारे मुक्तिनाथ विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका… पुरा पढौ

महोत्सवमा ८ लाखको आलु बिक्यो, दर्शक उल्लेख्य

हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा शुक्रवारदेखि सुरु दशौं राष्ट्रिय हेमजा आलु महोत्सवमा सोमवारसम्म कुल आठ लाखको आलुको कारोवार भएको छ ।प्रतिकेजी ३२ रुपैयाँका दरले आलुको कारोवार भइरहेको झाँकी ¥याली व्यवस्थापन समितिका संयोजक जयराम तिमिल्सीनाले जानकारी दिए। महोत्सव मध्यतिर आइरहदाँ दर्शक सहभागिता पनि बढदै गएको हो ।सुरुका दुई दिन वर्षाका कारण दर्शक सङख्यामा कमी भएपनि आइतवार र सोमवार भने दर्शकको सहभागिता बाग्लो देखिन्थ्यो । सोमवारसम्म कुल १५ हजार दर्शकले महोत्सव अवलोकन… पुरा पढौ

मुस्ताङमा प्रभुको ४ ठाउँमा शाखा रहित बैकिङ

हिमाली जिल्ला मुस्ताङका बिभिन्न स्थानमा प्रभु बैङ्कले शाखा रहित बैङ्किङ कारोबार सुरु गरेको छ ।स्थानीय जनताको सुविधा तथा बैकिङ पहुँच बढाउन सेवा बिस्तार गरेको जनाएको छ । प्रभुले गत बिहिबार र शुक्रबार जिल्लाका ३ स्थानीयतहको ४ ठाउँमा सेवा फराकिलो पारेको जनाएको छ ।बैङ्कका अनुसार थासाङ गाउँपालिकाको लेते र टुकुचे,घरपझोङ गाउँपालिकाको मार्फा र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा शाखा रहित सेवा प्रवाह सुरु गरेको बताएको छ ।बैङ्कले शाखा रहित सेवा संञ्चालन गर्न… पुरा पढौ

कोरिया भाषा परीक्षामा सहभागी भएबापत मात्रै बाहिरियो १ अर्ब २६ करोड

कोरिया भाषा परीक्षामा सहभागी भएबापत मात्रै नेपालको एक करोड १४ लाख ६९ हजार डलर करिब एक अर्ब २६ करोड ५० लाख रुपैयाँ बाहिरिएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार कोरिया जानका लागि भाषा परीक्षामा सहभागी हुन ५ लाख ८९ हजार ६ सय ३८ युवाले यो रकम बुझाएका हुन्। यो रकम वैदेशिक रोजगार विभागको ईपीएस शाखाले कोरियाको मानव संसाधन विभागमा पठाएको छ। भाषा परीक्षामा सहभागी हुन प्रतिविद्यार्थी २४ डलर शुल्क लाग्छ।… पुरा पढौ

को बन्छ करोडपति : एकै पटक २ लाईफ लाईन लिएका प्रतियोगीले जिते यत्रो रकम

नायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम को बन्छ करोडपति शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ। कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ। कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फास्टेस्ट फिंगरको लागि चुनिनेछन्। यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।  कैलालीको लम्कीका धर्मराज खत्री को बन्छ करोडपतिमा खेलिरहेका छन्। उनी अघिल्लो साता उनले… पुरा पढौ

ललितपुरमा २७ गतेबाट ‘अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने

ललितपुरमा ‘अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना हुने भएको छ। ललितपुरको कला, संस्कृति र हस्तकलाका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने मूल उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको हो। ललितपुर उद्योग वाणिज्य संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र २७ गते बुधबारबाट सुरु हुने मेला बैशाख १ गते आईतबारसम्म चल्ने जानकारी गराएको छ। ललितपुरको कला, संस्कृति र हस्तकलाका सामग्रीहरुको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने मूल उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको संघका… पुरा पढौ

सुगम-संगम सहकारी मर्ज, ३४ सय शेयर सदस्य

कास्कीमा बिगत लामो समयदेखि संचालनमा रहेका २ सहकारी संस्था एकीकरण भएका छन् । २०६१ साल वैशाखबाट कारोबार सुरु गरी २०६४ चैत्रबाट विधिवत् दर्ता गरी पोखार–१५, रामबजारबाट आफ्नो सेवा प्रदान गरिरहेको संगम बचत तथा ऋण सहकारी संस्था लि. र २०६५ असोजबाट विधिवत दर्ता गरी पोखरा–४, गैह्रापाटनबाट आफ्नो सेवा प्रदान गरिरहेको सुगम बचत तथा ऋण सहकारी संस्था लि. एक आपसमा एकीकरण भएका हुन् । दुवै सहकारीको एकीकरण घोषणा सभा शनिबार पोखरामा सम्पन्न… पुरा पढौ

अटो व्यवसायीलाई कर प्रशिक्षण

पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनद्वारा आयोजित कर सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा पोखराका अटो व्यवसायीहरु सहभागी रहेको अध्यक्ष चन्द्रबहादुर कुँवरले जानकारी दिए । कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशव कुमार उप्रेतीले इमान्दार भएर कर तिर्न व्यवसायीहरुलाई आग्रह गरे । कर अधिकृत उद्यम राज न्यौपाने, नासु कृष्ण हरि गौतम, चाट्रर एकाउन्टेन्ट लक्ष्मण अधिकारी, अडिटर पदम बन्धु पोखरेलले कार्यक्रममा करका विषयमा धारणा राखेका थिए । व्यवसायीले भोग्नुपर्ने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं