नायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम को बन्छ करोडपति शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ।
कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ। कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फास्टेस्ट फिंगरको लागि चुनिनेछन्।
यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।
कैलालीको लम्कीका धर्मराज खत्री को बन्छ करोडपतिमा खेलिरहेका छन्। उनी अघिल्लो साता उनले ५ वटा प्रश्नको सही जवाफ दिएर १० हजार जितिसकेका थिए।
उनले हिजो आईतबारको खेलमा १० प्रश्नको सही जवाफ दिँदै ३ लाख २० हजार जित्न सफल भएका छन्। उनी ११ औँ प्रश्नको सही जवाफ दिन नसकेपछि करोडपतिबाट बाहिरिएका छन्। उनले १० औँ प्रश्नमा एकै पटक २ वटा लाईफ लाईन लिएका थिए।




