हिमाली जिल्ला मुस्ताङका बिभिन्न स्थानमा प्रभु बैङ्कले शाखा रहित बैङ्किङ कारोबार सुरु गरेको छ ।स्थानीय जनताको सुविधा तथा बैकिङ पहुँच बढाउन सेवा बिस्तार गरेको जनाएको छ ।
प्रभुले गत बिहिबार र शुक्रबार जिल्लाका ३ स्थानीयतहको ४ ठाउँमा सेवा फराकिलो पारेको जनाएको छ ।बैङ्कका अनुसार थासाङ गाउँपालिकाको लेते र टुकुचे,घरपझोङ गाउँपालिकाको मार्फा र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा शाखा रहित सेवा प्रवाह सुरु गरेको बताएको छ ।बैङ्कले शाखा रहित सेवा संञ्चालन गर्न कर्मचारी खटनपटन गरेको छ ।मार्फामा दिपक लालचन,वारागुङमा युङडुङ गुरुङ,टुकुचेमा अमरसिह शेर्पा र लेतेमा शान्ति भट्टचन गौचनलाई जिम्मा दिईएको हो ।
प्रभु बैङ्क जोमसोम शाखा प्रवन्धक नरेन्द्र थकालीले जनताको घरदैलोमा बित्तिय पहुँच पु¥याउनु बैङ्कको मुख्य उद्देश्य रहेको बताए ।उनले शाखा रहित बैकिङ सेवा मार्फत खाता खोल्न,रकम भुत्तानी र जम्मा गर्न सकिने जनाए ।यस्तै,बिदेशी तथा आन्तरिक रेमिट्यान्स सेवा,बिल भुक्तानी गर्न र सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता बुझ्न प्राप्त गर्न सकिने प्रवन्धक थकालीले जानकारी दिए ।
प्रवन्धक थकालीका अनुसार शाखाबाट दैनिक एउटै खातावालाले १ लाख सम्म कारोबार गर्न सकिने छ ।यसमा एकै ग्राहकले एकपटकमा २५ हजार कारोबार गर्न पाउँने र यसरी रकम कारोबार गर्दा दिनमा ४ पटक मात्र कायम हुने थकालीको भनाई छ ।तर १ लाख भन्दा तलको कारोबार गर्दा ५ पटक रकम जम्मा र झिक्न मिल्ने उनले बताए ।
सुरुआति मुस्ताङको जोमसोममा शाखा बिस्तार गरेको प्रभु बैङ्कले ५ वटै स्थानीयतहमा थप शाखा बिस्तार गरिसकेको छ ।मुस्ताङको लोमान्थाङ ,लोघेकरको चराङ,वारागुङको मुक्तिनाथ र थासाङको कोवाङमा प्रभुको शाखा संञ्चालनमा छ ।
यसका अलावा बैङ्कले शाखा रहित सेवा बिस्तार गरेको हो ।शाखा बिस्तारका क्रममा यसमा खटिने कर्मचारीलाई संम्वन्धित स्थानीयतहका जनप्रतिनिधि मार्फत उपकरण हस्तान्तर गरेको शाखा प्रबन्धक थकालीले जानकारी दिए ।




