अर्थ, वाणिज्य

आलु महोत्सवसँगै सांस्कृतिक कार्यक्रम

पोखरा २५ हेमजाको विष्णुपादुका क्लवको आयोजनामा शुक्रबारदेखि सुरु दशौं राष्ट्रिय हेमजा आलु महोत्सवमा भएका विभिन्न गतिविधिमा दर्शक रमाएका छन् । शनिबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोषनारायण पौडेलले महोत्सवले पोखराको कृषि पर्यटनमा टेवा पु¥याएको बताए । उनले आधुनिक तथा सामूहिक कृषि प्रणालीबाटै आर्थिक क्रान्ति सम्भव भएको औँल्याए । महानगरपालिकाकृषि महाशाखा प्रमुख मनहर कँडरियाले पहिला हेमजासुन्तलाको पकेट क्षेत्र रहेको स्मरण गर्दै आलुको पहिचान पनि त्यसरी नै संकटमा पर्ने त… पुरा पढौ

उर्लियो मुस्ताङमा तिर्थालु महासागर

३ दिनअघि देखि मुस्ताङको पर्यटन व्यवसाय एकाएक अप्रत्यासित रुपमा गर्मिएको छ ।औशी तिथिमा श्राद्ध गर्न आएका तिर्थालुको भीडले यतिखेर तल्लो मुस्ताङ महोत्सवमय बन्यो ।मुक्तिनाथ देखि बेनी सम्मका होटलहरु तिर्थालुले हाउसफुल भए ।व्यवसायीलाई तिर्थालु उम्काउदा सास फेर्ने फुर्सद समेत भएन । जोमसोम ब्लु माउन्टेनकी संञ्चालिका सम्झना थकाली भन्छिन्‘हिउँदभरी सुख्खाराम औशीको मेलो छोप्नै प¥यो ।४ महिना व्यापार गरेर वर्षदिन घरभाडा बुझाउनै पछ।अहिले दुःख नगरे कहिले गर्ने? ।’उनले बिहिबार देखि आफ्नो होटल हाउस… पुरा पढौ

मदिरा व्यवसायी समितिको भित्तेपात्रो विमोचन

मदिरा व्यवसायी समिति कास्कीको नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम भएको छ । भित्तेपात्रो विमोचन समितिका सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीव बहादुर कोइराला, समितिका निवर्तमान अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका सदस्य तारानाथ ढुंगाना, मदिरा व्यवसायी महासंघका क्षेत्रीय उपाध्यक्ष डासीराम सापकोटा लगायतले संयुक्तरुपमा गरे । कार्यक्रममा प्रमुख अतिथि कोइरालाले राज्यको अर्थतन्त्रमा मदिरा व्यवसायीको भूमिका र हिस्सा ठूलो भए पनि राज्यले बेवास्ता गर्ने गरेको… पुरा पढौ

मुस्ताङमा कमिलाको ताँती जस्ता गाडी

बिगत २ दिनअघि देखि हिमालपारी मुस्ताङको रुटमा कमिलाका ताँती जस्तै सवारी साधनको लस्कर देखिन्छ । चैते दशै औशी तिथि पारेर श्राद्ध गर्न आउने तिर्थाल सवारी सवारीले बेनी देखि मुक्तिनाथ सम्मको सडक व्यस्त देखिएको हो । ठाउँ ठाउँमा सडक जामले रोकिदाँ पनि सडकमा यस्तो सवारीको लस्कर देखिन पुगेको हो ।बेनी देखि जोमसोम सम्म सवारी सडक समय तालिका निर्धारण गरिएको छ ।जसका कारण मुस्ताङ गन्तब्य साविक भन्दा बढी समय लाग्ने भएको हो… पुरा पढौ

फेवा महोत्सवलाई पर्यटन संवद्ध संघ, संस्थाले सघाउने

पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म हुने १६ औं फेवा नव वर्ष महोत्सवलाई सफल पार्न विभिन्न पर्यटन सम्बद्ध संघ, संस्थाले सघाउने प्रतिवद्धता गरेका छन् । महोत्सव आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले पोखराका पर्यटन सम्बद्ध विभिन्न संस्थाका अध्यक्ष र प्रतिनिधिसँग शुक्रबार आयोजना गरेको छलफलका सहभागीले महोत्सवमा सुरक्षा, सरसफाई, मूल्य नियन्त्रण, मिडिया सेन्टरमार्फत महोत्सवको समन्वय र अनुगमनको पाटोलाई बढी ध्यान दिन सुझाव दिए ।… पुरा पढौ

शुक्रबारदेखि हेमजा आलु महोत्सव

शुक्रवारदेखि दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ सुरु हुँदैछ ।महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक विष्णुपादुका क्लवले जनाएको छ । महोत्सवको पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।प्रतिकिलो ३२ रुपैयाँमा आलुको कारोवार गरिने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्काले जानकारी दिए । महोत्सव बैशाख १ गतेसम्म चल्नेछ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने… पुरा पढौ

रोकिएन विमानस्थलबाट हुने सुन तस्करी

३३ किलो सुन तस्करी प्रकरणले विमानस्थलमा सुरक्षा सतर्कता बढाएको छ तर पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने क्रम रोकिएको छैन । आज पनि विमानस्थलबाट ६ किलो सुन बरामद गरिएको छ । थाई एयरलायन्सको विमानमार्फत नेपाल भित्र्याउन लागिएको ६ किलो सुनसहित ४ भारतीय नागरिक पक्राउ परेका हुन् । उनीहरुले उक्त सुन गहनाकोरुपमा लिएर आएका थिए । सुन सक्कली हो या होइन भन्ने जाँच्नलाई पठाउँदा अहिलेसम्म झण्डै ५ किलो सुन सक्कली… पुरा पढौ

नयाँ शक्तिले दियो हावाहुरी पीडितलाई ५ लाख

बारा र पर्साका हावाहुरी पीडितको सहयोगका लागि नयाँ शक्ति पार्टीले ५ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललाई हस्तान्तरण गरेका छन् । नयाँ शक्तिले प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा रकम हस्तान्तरण गरेको हो । यसअघि हावाहुरी पीडितलाई संयोजक डा. भट्टराईले व्यक्तिगत रुपमा १५ दिनको तलब सहयोग गर्ने घोषणा गरेका थिए । भट्टराईले हावाहुरी… पुरा पढौ

पोखरामा असहाय बालबालिकाको सहयोगार्थ साँगीतिक कार्यक्रम

आगामी बैशाख ७ गते पोखरामा साँगीतिक कार्यक्रम हुने भएको छ । सेभ द चिल्ड्रेन र सेभ द नेसनको आयोजनामा कार्यक्रम आयोजना हुने भएको हो । अनाथ तथा असहाय बालबालिकाको सहयोगका लागि उक्त साँगीतिक कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक कमल पौडेलले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारले आफ्नो प्रस्तुती राख्नेछन्। कार्यक्रममा गायक शिव परियार,मेलिना राई,चोलेन्द्र पौडेल,लोकदोहोरी गायक प्रकाश सपुत,नेपाल आइडलबाट चिनिएकी पोखराकी गायिका निलिमा थापामगर,सन्तोष सुवेदी,सन्तोष बस्याल लगायतले साँगीतिक… पुरा पढौ

आज पनि घट्यो सुनको भाउ

आज बिहीबार सुनको मूल्य ओरालो लागेको छ।  आज छापावाल सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ।  आज सुनको भाउ बढेपनि चाँदीको मूल्य भने यथावत छ।  आज चाँदी प्रतितोला… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं