अर्थ, वाणिज्य

हावाहुरीका कारण मृत्यु हुने परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा पनि राखे । हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत… पुरा पढौ

नेपालमै बन्यो पहिलो पटक जेटबोट

सप्तकोसीमा सञ्चालन हुने गरी नेपालमा पहिलोपटक नेपालकै प्राविधिकहरुले जेटबोट निर्माण गरेका छन् ।मोरङको सुन्दरहरैँचाको बलियामा दुई करोड लागतका जेटबोट निर्माण भएको हो । जेटबोटको सप्तकोसीमा शनिबार साँझ ७ बजेपछि परीक्षण गरिएको इन्जिनियर लेखराज रिजालले बताए । मोरङबाट चतरासम्म ठूला ट्रकमा बोकेर लगिएको र क्रेनले निकालेर पानीमा सफल परीक्षण गरिएको रिजालले बताए । उनले भने, ‘नेपाली प्राविधिकले बनाएर पहिलोपटक सप्तकोसीमा चलेको जेटबोट हाम्रो भयो । हामी खुसी छौं ।’ जेटबोटलाई सगरमाथाको… पुरा पढौ

पौडेलको सक्रियतापछि पेट्रोलियम पाइपलाइन अन्तिम चरणमा : कति घट्छ पेट्रोलको मूल्य ?

बहुप्रतीक्षित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बैशाख अन्तिमसम्ममा सञ्चालनमा आउने भएको छ। पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी भाडा वार्षिक झण्डै २ अर्ब रुपैयाँ कम हुने नेपाल आयल निगमका अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादव बताउँछन्। सुरुवाती चरणमा डिजेलमात्र पाइपलाइनबाट ल्याइनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै ढुवानी लागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ। देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुने बताइएको छ। भारतीय सहयोगको यो परियोजना भारत सरकार स्वामित्वको भारतीय आयल कर्पोरेशन (आइओसी)… पुरा पढौ

लेखनाथ-धरानबीच पर्यटनमा सहकार्य !

होटल तथा रेस्टुरेन्ट एशोसिएसन लेखनाथले धरान होटल एशोसिएसनसँग सहकार्यको प्रस्ताव गरेको छ । लेखनाथ एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले धरानसँग पर्यटनका क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव गरेका हुन् । प्रस्तावमा धरान होटल एशोसिएसन सकारात्मक छ । लेखनाथले राखेको प्रस्तावमा आपसमा अनुभव साटासाट गर्ने, हरेक वर्ष दुवै सहरबाट एक अर्काको क्षेत्रमा भ्रमण गर्ने, व्यवसायिक विकास र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने, धरान पुगेका पर्यटकलाई लेखनाथ र लेखनाथ आएका पर्यटकलाई धरान जान सिफारिस गर्ने, दुवै… पुरा पढौ

हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा

दशौ राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार हेमजामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुुपादुका क्लब हेमजा र कृषि विकास निर्देशानलय गण्डकी प्रदेश मालेपाटन पोखराकोे आयोजनामा हुन लागेको महोत्सव चैत २२ देखि बैशाख १ गते सम्म विष्णु पादुका खेल मैदानमा हुदै छ। हेमजालाई व्यवसायिक… पुरा पढौ

करिडोरको ३ खण्डमा ब्लास्टिङ ,जोमसोम ÷कागबेनी कालोपत्रे

बहुचर्चित राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको निर्माणधिन बेनी–जोमसोम–कोरला सडक अन्तर्गत जोमसोम ÷कोरलाखण्डको समर ÷भेना १८ किमी सडक लगायत म्याग्दीका २ खण्डमा ब्लास्टिङगरी सडक ट््याक खोल्न आवश्यक देखिएको करिडोरले जनाएको छ । जोमसोम ÷कोरला सडकखण्डको ७ वटै प्याकेज मध्ये समर ÷भेना सडकखण्डमा कामको प्रगति ३० प्रतिशत मात्र भएको छ ।यसमध्ये एपेक्स जेभीले निर्माणको जिम्मा लिएको छोसेर÷ कोरला १८ किमी प्याकेज गत मंसिर महिनामै करिडोरलाई हस्तान्तर भएको जनाईएको छ ।यसअन्तर्गका बाँकी ५… पुरा पढौ

आलु महोत्सवका ८० प्रतिशत स्टल बुकिङ

हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा यही चैत २२ गतेदेखि बैशाख १ गतेसम्म हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ अन्र्तगत बिहीवारसम्म ८० प्रतिशत स्टल बुकिङ भएका छन् । महोत्सवको समायावधि नजिक आइरहदाँ तयारी तीब्र पारिएको छ । महोत्सवमा ४० वटा कृषि प्रदर्शनीका स्टल, १५ वटा कृषि उत्पादन बिक्री वितरण स्टल, ३५ वटा व्यापारिक स्टल, १५ वटा आलु तथा कृषि उत्पादनका परिकार स्टल, दुई प्राथमिक उपचार, पाँच बैकिङ कारोवार तथा पाँच वटा… पुरा पढौ

चरित्रहत्या गर्नेहरु कानूनको दायरामा उभिनुपर्छ

काठमाडौँ राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना निर्वाध रुपमा अगाडि बढाउन सरकार प्रयत्नशील रहेको खानेपानी मन्त्री बिना मगरले स्पष्ट पारेकी छिन्। मन्त्री मगरले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै मन्त्री बिना मगरले मेलम्ची खानेपानी विकास समितिले विभिन्न विकल्पमा छलफल गरेकोले छिट्टै आयोजना सम्पन्न गर्ने ठोस निर्णय हुने बताइन्। आयोजना आम नेपालीको प्रतीक्षा, प्रतिष्ठा र गौरवको आयोजना भएको भन्दै मन्त्री मगरले चरित्र हत्या गर्ने मनसायका साथ गरिने प्रचारप्रति दुःख व्यक्त गरेकी छिन्।… पुरा पढौ

चिठ्ठाकोे रकमले एम्बुलेन्स !

पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कारवापत प्राप्त १ किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएका छन् । समितिको वीरगञ्ज शाखा कार्यालयलाई कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामा बम्पर पुरस्कारअन्तर्गत १ किलो सुन प्राप्त भएको छ । उक्त सुनको रकमबाट समितिले एम्बुलेन्स खरीद प्रक्रिया अघि बढाएको समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिए । उनका अनुसार आगामी नयाँ वर्ष २०७६ भित्र एम्बुलेन्स सञ्चालनमा ल्याइने छ । समितिमार्फत् देशको विभिन्न स्थानमा… पुरा पढौ

मेक्सिको सीमामा पर्खाल बनाउन पेन्टागनले दियो १ अर्ब डलर

अमेरिकाको रक्षा केन्द्र पेन्टागनले अमेरिका–मेक्सिको सीमामा पर्खाल बनाउने डोनाल्ड ट्रम्पको महत्वकांक्षी परियोजनाका लागि एक अरब डलर स्वीकृत गरेको छ । पेन्टागनका कार्यकारी प्रमुख प्याट्रिक शनाहनले अमेरिकाको रक्षा विभागले अमेरिका–मेक्सिको सीमामा ९२ किलोमिटरसम्म १८ फिट अग्लो पर्खाल बनाउन, सडक निर्माण, मर्मतसम्भार गर्न र सीमामा लाइटिंग सिस्टम राख्न आर्थिक सहयोग गर्ने बताएका थिए ।   शनाहनका अनुसार अमेरिकी सेनाका इन्जिनियरका कमान्डरलाई एक अरब डलरको रकम सम्बन्धित विभागलाई दिन अधिकार दिएका छन् । … पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं