फोर्ड फिगोको नयाँ भर्सन पोखरामा

आधुनिक जिवनस्तरलाई ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगो नयाँ भर्सन बजारमा ल्याएको छ । फोर्ड गाडीको गण्डकी तथा धौलागिरी क्षेत्रको आधिकरिक बिक्रेता हिमालयन अर्गनाइजेसन अन्तर्गतको अटोभेन्चर प्रालिले २०१९ संस्करणको परिमार्जित फोर्ड फिगा लन्च गरेको छ ।

गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले पोखरामा एक कार्यक्रमका बीच उक्त गाडी बिक्रीको लागि शुभारम्भ गरे । थापाले फोर्डको लोकप्रियता तथा विश्वासलाई कम्पनीले अझ परिस्कृत गर्दै लैजानुपर्ने बताउ ।

उनले गण्डकी प्रदेश ३ बर्षपछि अन्तराष्ट्रिय स्तरको शहरमा स्थापित हुने तरखरमा रहँदा त्यसै अनुरुपको बिकासका पुर्वाधारमा समेत प्रदेश सरकारको ध्यानाकर्षण भैराखेको बताए । सम्भावनाले भरिपुर्ण रहेको पोखरामा सडक संजालको काममा पहलकदमी गर्दै आएको बताउँदै स्वदेशी एवं विदेशी लगानीलाई समेत प्रभावकारी ढंगबाट लैजानका सकरात्मक कार्यतर्फ कामहरुलाई दु्रत गतिमा अगाडी बढाएको र्औंल्याए ।

हिमालयन अर्गनाइजेसन अन्तर्गतको अटोभेन्चर प्रालिका म्यानेजिङ डाईरेक्टर मिलन थापाले पाँचौ बर्षमा प्रवेश गर्दै विभिन्न फोर्डका कम्तीमा ४ सय गाडी विक्री गरिसकेको बताइन् । प्रालिका चियरपर्सन धु्रव थापाले ग्राहको आवश्यकतालाई ध्यानमा राख्दै बिक्री पछी पनि सेवालाई सक्तिकै ध्यान दिइएको बताए । बजारमा कडा प्रतिस्पर्धा रहेपनि फोर्डले ग्राहकहरुलाई सन्तुष्टी प्रदान गर्न कुनै कसर बाँकी नछाडेको उनको भनाइ तछ ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, पश्चिमाञ्चल अटोमोबाइलस् डिलर्सका अध्यक्ष चन्द्रबहादुर कुवँर लगायतले ग्राहकको सेवा, सुविधा गाडी किने पश्चात् पनि जारी हुनुपर्ने बताए । कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले फोर्ड फिगो नयाँ भर्सन लिने ४ जना ग्राहलाई चाँबी हस्तान्तरण गरे ।

कार्यक्रममा फोर्ड फिगो नयाँ भर्सनको बारेमा सिनियर म्यनेजर सरोज मानन्धरले प्रकाश पारे । यसको मूल्य २४ लाख ९९ हजार रुपैयाँबाट प्रारम्भ हुन्छ । फोर्ड फिगो एम्बिएन्टको मूल्य २४ लाख ९९ हजार, टाइटानियमको मूल्य २७ लाख ९९ हजार र टाइटानियम एटीको मूल्य ३१ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

डिजेल इन्जिनयुक्त फिगो एम्बिएन्टको मूल्य २७ लाख ९९ हजार र टाइटानियमको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नयाँ फिगोमा नयाँ शक्तिशाली इन्जिन र १२०० भन्दा बढी ठुलो सानो परिवर्तन, आकर्षक डिजाइन, अगाडि र पछाडिको भागमा परिमार्जनका साथ उत्कृष्ट र आरामदायी भित्री बनोट तथा ब्राण्ड न्यु इन्टेरियर छ ।

नयाँ फिगो रमाइलो र आरामदायी सवारीको मौलिकतालाई अझ बढी उजागर गर्दै नयाँ १.२ लिटर, पेट्रोल र १.५ लिटर, डिजेल इन्जिनका साथ उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।
आफ्नो श्रेणीकै उत्कृष्ट शक्तिशाली इन्जिन, सुरक्षित प्रविधि, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र कनेक्टिभिटी र मनोरञ्जनका लागि ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम यसमा उपलब्ध छ । यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ ।

नयाँ फोर्ड फिगो दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङहरुमा उपलब्ध हुने बताइएको छ । नयाँ फिगोमा धेरै नवीन प्रविधिहरु थपिएका छन् जसले सवारीलाई आरामदायी बनाउनुका साथै बढी सुरक्षित पनि राख्न मद्दत गर्छ । फिगोको सबै मोडेलमा दुईवटा एयरब्याग राखिएको छ । यसका साथ सुरक्षालाई अझ सशक्त बनाउन एबीएस, ईएसपी आदि उपलब्ध छन् ।