३ दिनअघि देखि मुस्ताङको पर्यटन व्यवसाय एकाएक अप्रत्यासित रुपमा गर्मिएको छ ।औशी तिथिमा श्राद्ध गर्न आएका तिर्थालुको भीडले यतिखेर तल्लो मुस्ताङ महोत्सवमय बन्यो ।मुक्तिनाथ देखि बेनी सम्मका होटलहरु तिर्थालुले हाउसफुल भए ।व्यवसायीलाई तिर्थालु उम्काउदा सास फेर्ने फुर्सद समेत भएन ।
जोमसोम ब्लु माउन्टेनकी संञ्चालिका सम्झना थकाली भन्छिन्‘हिउँदभरी सुख्खाराम औशीको मेलो छोप्नै प¥यो ।४ महिना व्यापार गरेर वर्षदिन घरभाडा बुझाउनै पछ।अहिले दुःख नगरे कहिले गर्ने? ।’उनले बिहिबार देखि आफ्नो होटल हाउस भएको सुनाईन ।कोही बेडमै सुते कोही भईमा सुते ।नसुतेर कता जाउन जोमसोम पुरै हाउस फल भयो ।उनले भनीन् ।
मुस्ताङ सडकमा सवारी साधन लस्कर हुईकन्थे ।सडक जामबाट एकैसाथ छुटेका हुनाले यस्तो दृष्य देख्न पाईएको हो ।मन्न मन्द पर्यटकको चहलपहल औशीले गर्मिएको यहाँका व्यवसायीहरु बताउछन् ।उनीहरु भन्छन् सधै यस्तो भईदिए पैसो कता राख्ने ।
त्यसो त तिर्थालु मुस्ताङ आउदा होटल मात्र होईन अन्य व्यवसायीले पनि राम्रै आम्दानी लिन पुगे ।फुटपाथ देखि कोशेली घरमा राखिएका स्थानीय घरेलु उत्पादनले पनि राम्रै बजार पायो ।सालिग्राम देखि घरेलु उत्पादन तथा कृषिजन्य बस्तु कोशेलीको रुपमा लैजाने पनि उक्तिकै देखिन्थे ।मुस्ताङमा उत्पादित बस्तु नया ब्रान्ड बनेकाले यसलाई कोशेलीको रुपमा लैजान लालायित भएका हुन् ।
मुस्ताङमा समग्रमा करिव १ हजार सवारी जिल्ला भित्रिदा १० हजार तिर्थालुको आवागमन भएको हो ।तर,२ दिन देखि मुस्ताङमा मौसम खराब रहदा हवाई सेवा नियमित हुन सकेन ।बिगत ३ वर्षअघि यस्तै औशी मेलोमा लाख लाख कमाउने स्थानीय यातायात व्यवसायीको भने दाँतमा ढुङ्गा लागेकोे छ ।सरकारले यातायात मैत्री बनाएपछि स्थानीय यातायातकर्मी संकटमा परेको देखियो ।
जोमसोम बजार देखि कागबेनी र मुक्तिनाथ पार्किङ स्थलमा सवारी ठेलमेल थियो ।श्राद्ध गर्ने पुजारीका दिन फेरिए ।यसपटक राजमार्गमा खोलिएका होटलहरुले पनि कमाउने अवसर पाए ।
औशी पछि लगत्तै पुन साविक जस्तै यहाँको व्यवसाय स्थिर रहन्छ ।यस्तो भीडभाडको दृष्य वर्षमा २ पटक देखिन्छ ।




