मुस्ताङमा कमिलाको ताँती जस्ता गाडी

बिगत २ दिनअघि देखि हिमालपारी मुस्ताङको रुटमा कमिलाका ताँती जस्तै सवारी साधनको लस्कर देखिन्छ । चैते दशै औशी तिथि पारेर श्राद्ध गर्न आउने तिर्थाल सवारी सवारीले बेनी देखि मुक्तिनाथ सम्मको सडक व्यस्त देखिएको हो ।

ठाउँ ठाउँमा सडक जामले रोकिदाँ पनि सडकमा यस्तो सवारीको लस्कर देखिन पुगेको हो ।बेनी देखि जोमसोम सम्म सवारी सडक समय तालिका निर्धारण गरिएको छ ।जसका कारण मुस्ताङ गन्तब्य साविक भन्दा बढी समय लाग्ने भएको हो । जिल्ला ट्राफिक कार्यालय जोमसोमका ट्राफिक असई बिष्णुपल्ली मगरले बिहिबार सम्म जोमसोममा करिव १० हजार भन्दा बढी तिर्थालुको आगमन भएको ठोकुवा गरे । उनले तिर्थालुको अनुपातमा करिव १ हजार सवारी साधन भित्रिएको उल्लेख गरे ।

मुस्ताङमा चैते दशै र बडा दशैको १६ श्राद्ध औशीमा तिर्थालु श्राद्ध गर्न ओईरिन्छन् । दिवंगत पितृको नाममा मुस्ताङको कागबेनीमा आई पिण्डदान गर्नाले पितृ उद्दार हुने जनबिश्वास छ ।

जसमा बस,जीपकार र मोटरसाईकल छन् ।सार्वजनिक सवारी भन्दा हरियो र रातो नम्बर प्लेट भएका सवारी बढी भएको असई मगरले जानकारी दिए । शुक्रबार बिहानै देखि कागबेनी पिण्ड स्थलमा श्राद्ध गर्ने तिर्थालुको माहोल तातिएको थियो ।कागबेनीका कुनाकाप्चा र खोलाका सबै बगर श्राद्ध गर्नेहरुको लामले भरिएको थियो । अल्पकालिन व्यवसाय भएपनि यहाँका व्यवसायले थोरै भएपनि राहतको महशुस गरे ।कागबेनी बसपार्क र मुक्तिनाथ रानीपौवा बसपार्क तिर्थालु चढेर आएका गाडीले भरियो ।

कागबेनीका पुजारी र मुक्तिनाथका पुजारी र आनीहरु शुक्रबार पुजाकर्ममा व्यस्त बने । यसका अलावा मुक्तिनाथ देखि घाँसा सम्मका साना ठुला होटल तथा रेष्टुराहरुले व्यवासायीक राहतको महशुस गर्न पाए ।सडक किनाराका होटल लगायत भित्रि बजारमा रहेका साना व्यवसाय समेत तिर्थालु राखेर मुनाफा कमाए । मुस्ताङमा चैते दशै र बडा दशैको १६ श्राद्ध औशीमा तिर्थालु श्राद्ध गर्न ओईरिन्छन् । दिवंगत पितृको नाममा मुस्ताङको कागबेनीमा आई पिण्डदान गर्नाले पितृ उद्दार हुने जनबिश्वास छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।