अर्थ, वाणिज्य

एनसेलले ३९ अर्ब ७ दिनमा बुझाउनुपर्ने

सरकारले एनसेल प्रालि बिक्रीमा लाग्ने पूँजीगत लाभकर निर्धारण गरेको छ । सर्बोच्च अदालतको पूर्ण पाठ आए लगत्तै सरकारले एनसेलको लाभकर निर्धारण गरेको हो । अदालतले तीन महिनाभित्र कर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएको थियो ।ठूला करदाता कार्यालयले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको हो । एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ… पुरा पढौ

निवेदन दिएकै दिन भिसा डेबिट कार्ड

मुक्तिनाथ विकास बैंक लि।ले आफ्ना ग्राहकहरुलाई लक्षित गरी २०७६ वैशाख १ गते देखि लागु हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ । बैंकले भिसा डेबिट कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको हो । भिसा डेबिट कार्ड अन्तर्गत बैंकले आफ्नो शाखाबाट इन्सटान्ट भिसा डेबिट कार्ड सेवा सुविधा सुरु गरेको छ, यस सुविधा अन्तर्गत ग्राहकले भिसा डेबिट कार्ड को निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरुले तुरुन्त भिसा डेबिट कार्ड लिन… पुरा पढौ

के तपाई सिप परिक्षण गर्न चाहनुहुन्छ ? त्यसो भए, यसो गर्नुस् ।

सरकारले भोलि मंगलबारदेखि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गर्ने भएको छ । यसअघि आवेदन दिइसकेका कामदारको भोलि मंगलबारदेखि बैशाख ७ गतेसम्म निःशुल्क सीप परीक्षण गर्ने तालिका तय भएको हो । औपचारिक शिक्षा नलिएकालाई पनि सीप परीक्षणमा पास भए लेभल-१ को कामदार सरह प्रमाणपत्र दिइनेछ । यो पटक २० वटा विषयमा सीपको परीक्षण गर्ने तयारी छ । स्क्रापफोल्डर, बिल्डिङ असिस्टेन्ट, वेटर, इलेक्टि्रसियन, बिल्डिङ पेन्टर, हाउसकिपिङ क्लिनर, रेफ्रिजेनेटर एन्ड एअर कन्डिसन जुनियर… पुरा पढौ

निर्माणधिन सुपर दोर्दी ‘ख’ मा स्थानीयको २५ करोड लगानी

लमजुङको दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ मा जिल्लाका बासिन्दाले प्रवद्र्धकको स्वपुँजी ९इक्विटी० को १० प्रतिशत हुन आउने रकम लगानी गरेको कम्पनीका अध्यक्ष इजनकुमार बरालले बताउनुभयो । बासिन्दाले प्रवद्र्धकको स्वपुँजी ९इक्विटी० को १० प्रतिशत हुन आउने रकम जिल्लाका बासिन्दले लगानी गरेको कम्पनीका अध्यक्ष बरालले बताउनुभयो । करिब २५ करोड रुपियाँ लगानी गरेका छन् । उहाँका अनुसार प्रवद्र्धकको स्वपुँजी ३० प्रतिशत अर्थात् करिब दुई अर्ब ५० करोड रुपियाँ… पुरा पढौ

हिमालबाट ४५ करोड !

यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट रु ४५ करोड भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार शुक्रबारसम्मको अवधिमा रु ४५ करोड १३ लाख २७ हजार १९५ रोयल्टी जम्मा भएको छ ।    सर्वोच्च शिखर सगरमाथासहित २० वटा हिमाल आरोहणका लागि ७५ आरोही समूहका ६६७ आरोहीले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी सगरमाथा आरोहणमा ३१ आरोही समूहका ३३९ आरोही छन् ।  ल्होत्सेमा सात समूहका ६६, मकालुमा… पुरा पढौ

आलु गाउँमा अब प्लटिङ रोक्का !

पोखराको हेमजाका आइतबार आलु महोत्सव सकियो । आलुका लागि परिचित हेमजाको खेतीयोग्य जमिन प्लटिङ भएर यहाँ आलु खेतीकै अस्तित्व संकटमा पर्ने चिन्ता सुरु भएको छ । आइतबार भएको महोत्सव समापनमा वडाध्यक्ष शोभाकर तिम्सिनाले महोत्सवले हेमजालाई विश्वसामु चिनाएको दावी गर्दै अवदेखि वडाले हेमजा क्षेत्रमा प्लटिङका लागि अनुमति नदिने प्रष्ट पारे । उनले स्थानीय जंगलको सदुपयोग गर्नुपर्ने भन्दै जंगलमा भएका कु–काठका बोट हटाई औषधीजन्य विरुवा उत्पादन गर्नुपर्ने आवश्यकता पनि औँल्याएका थिए ।… पुरा पढौ

फेवा नव वर्ष महोत्सव सकियो

फेवा ताल किनारमा आयोजित १६ औं फेवा नव वर्ष महोत्सव २०७६ का अवसरमा आयोजित झाँकी प्रतियोगितामा बाँझापाटन तमु समाज प्रथम भएको छ । आइतबार सकिएको मेलामा विभिन्न प्रतियोगिता भएका छन् । प्रतियोगितामा ताङतिङ दूधपोखराी तमु समाज द्वितीय र सिमाना मार्ग मिलन भजन समूह तृतीय भएका छन् । क्षत्री महिला समाजले भने सान्त्वना स्थान हासिल गरेको थियो । महोत्सवकै अवसरमा आयोजित आमा समूहको प्रस्तुतिमा भने देवीस्थान भलछोपुवा आमा समूह प्रथम, अन्नपूर्ण… पुरा पढौ

आजबाट सबै नेपालीको बैंक खाता

nrb
आजबाट “सबै नेपालीको बैंक खाता” खोल्ने अभियानको सुरुवात भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बर्षको अवसर पारेर यो अभियानको सुरुवात गरेका हुन् । उनले आफ्नै बुबाको खाता खोलेर यस अभियानको सुरुवात गरेका हुन् । बजेटमा उल्लेख गरिएको कार्यक्रमलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीले “सबै नेपालीको बैंक खाता” अभियान सुरु गरेको घोषणा गरेका हुन् । बैंक खाता नहुनेलाई खाता खोल्नका लागि राष्ट्र बैंकले सहुलियत स्वरुप प्रोत्साहन दिएको छ। राष्ट्र बैंकले उक्त… पुरा पढौ

कास्कीकोट चिनाउन चैते दसैं महोत्सव

पोखरा महानगरपालिका २४ कास्कीकोटलाई चिनाउन यहाँ महोत्सव सुरु भएको छ । ऐतिहासिक महत्वको कास्कीकोटलाई चिनाएर पर्यटक आकर्षित गर्न र यहाँको विकासका लागि महोत्सव आयोजना गरिएको हो । बिहीबारबाट सुरु भएको प्रथम चैते दसैं महोत्सव २०७५ औपचारिक रुपमा शुक्रबार गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले उद्घाटन गरे । सभामुख अधिकारीले सिंहदरबारबाट अधिकारसँग विकृति पनि स्थानीय तहका वडासम्म पुगेकाले त्यसलाई चिर्नुपर्नेमा उनले जोड दिए । नेपालको इतिहासमा कास्कीकोटको महत्व सामरिक भए पनि त्यस… पुरा पढौ

मलद्वारबाट निस्कियो ३ किलो सुन

शरीरमा केही नभेटिएका ३ चिनियाँ भन्सारमा शंकाको दायरामा परे । चीनको कुनमिङबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजबाट उनीहरु आएका थिए । बिहीबार साँझ आइपुगेका उनीहरुलाई मेटल डिटेक्टरले जाँच्दा उनीहरुले केही लुकाइरहेको संकेत मिल्यो । छाम्दा केही नपाएपछि उनीहरुको होलबडी स्क्यानिङ गरियो । केएसी अस्पतालमा एक्सरे गरेपछि उनीहरुको मलद्वारमा विस्कुट आकारको धातु देखिन्छ। दिसा लाग्ने औषधि खुवाएर दिसा गर्दा उनीहरुको मलद्धारबाट सुन निस्कियो । दुईबाट एक एक किलो र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं