आलु गाउँमा अब प्लटिङ रोक्का !

- आलु महोत्सव सकियो, ६५ हजार दर्शक, २५ लाखको आलु कारोवार

पोखराको हेमजाका आइतबार आलु महोत्सव सकियो । आलुका लागि परिचित हेमजाको खेतीयोग्य जमिन प्लटिङ भएर यहाँ आलु खेतीकै अस्तित्व संकटमा पर्ने चिन्ता सुरु भएको छ । आइतबार भएको महोत्सव समापनमा वडाध्यक्ष शोभाकर तिम्सिनाले महोत्सवले हेमजालाई विश्वसामु चिनाएको दावी गर्दै अवदेखि वडाले हेमजा क्षेत्रमा प्लटिङका लागि अनुमति नदिने प्रष्ट पारे ।

उनले स्थानीय जंगलको सदुपयोग गर्नुपर्ने भन्दै जंगलमा भएका कु–काठका बोट हटाई औषधीजन्य विरुवा उत्पादन गर्नुपर्ने आवश्यकता पनि औँल्याएका थिए ।

हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा चैत २२ गतेदेखि सुरु दशौं राष्ट्रिय हेमजा आलु महोत्सव आइतवार सकिएको छ । १० दिनसम्म चलेको उक्त महोत्सव कुल ६५ हजार दर्शकले अवलोकन गरेको स्वयम्सेवक परिचालन उपसमितिका संयोजक राजेन्द्र थापा ९गौरव० ले जानकारी दिए ।

त्यस्तै महोत्सवमा कुल २५ लाखको आलुको कारोवार भएको झाँकी तथा खरिद बिक्री उपसमितिका संयोजक जयराम तिम्सिनाको भनाई छ ।

समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले महोत्सवको संदेशलाई देशैभर पु¥याउनुपर्नेमा जोड दिर्दै हेमजा कृषिका लागि गण्डकी क्षेत्रकै नमुना ठाउँ भएको चर्चा गरे ।उनले प्रदेशले भुःउपयोग निती ल्याउने तयारी गरेको छ भन्दै जग्गाको खण्डीकरणलाई रोक्नुपर्ने तथा विशेषताका आधारमा जमिनको वर्गीकरण गर्नुपर्नेमा जोड पनि दिए ।

महोत्सवमा मातृशक्तिको भुमिका राम्रो पाएको बताएका सदस्य थापाले हेमजा क्षेत्रमा विशेषज्ञ सहितको अस्पताल निर्माणमा हेमजावासीको ध्यान जानुपर्ने पनि औँल्याएका थिए।त्यसका लागि आफुले पनि पहल गर्ने उनको भनाई थियो ।

पुर्व सांसद शारदा पौडेलले हेमजा कृषिका लागि नमुना ठाउँ भएको भनाई राखिन्। उनले हिजोआज हेमजा क्षेत्रमा बढ्दो शहरीकरणका कारण हेमजाको आलु गाउँको अस्तित्व संकटमा पर्न सक्ने प्रति सचेत गराइन् । सो अवसरमा नेपाल कम्युनिष्ट्र पार्टी९नेकपा० हेमजाका संयन्त्र सदस्य माधवशरण पौडेल, महोत्सवका सल्लाहकार रामचन्द्र त्रिपाठी, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीना लगायतले पनि धारणा राखेका थिए ।

महोत्सव अन्र्तगत भएको राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगितामा लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा प्रथम, बाराही रोधीघर पोखरा द्वितीय साथै दर्पणछाया दोहोरी पोखरा र गण्डकी प्रदेश दोहोरी प्रतिष्ठान सान्त्वना हुन सफल भए ।

त्यस्तै रत्यौली प्रतियोगितामा नमुना आमा समूह प्रथम, आर्वाविजय आमा समूह द्वितीय, गौरीशंकर आमा समूह तृतीय, इन्द्रेणी आमा समूह सान्त्वना भएका छन् भने राधाकृष्ण आमा समूहको लुठो उत्कृष्ठ घोषित भएको छ।महोत्सवमा आइतबार लोकदोहोरीतर्फ ऋषि अधिकारी, सुरेन्द्र गुरुङ, माया केसी, शिवहरी ढुङगाना, मिना अधिकारी, शंकर पन्त, राजेन्द्र पोख्रेल, हास्यतर्फ लक्ष्मण ढुङगाना लगायतले प्रस्तुित राखेका थिए ।

सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गरिएको हो । मूल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्काको अध्यक्षतामा भएको समापन कार्यक्रममा क्लवका उपाध्यक्ष सुविन श्रेष्ठले स्वागत तथा संचालन मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले गरेका थिए ।