के तपाई सिप परिक्षण गर्न चाहनुहुन्छ ? त्यसो भए, यसो गर्नुस् ।

सरकारले भोलि मंगलबारदेखि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गर्ने भएको छ । यसअघि आवेदन दिइसकेका कामदारको भोलि मंगलबारदेखि बैशाख ७ गतेसम्म निःशुल्क सीप परीक्षण गर्ने तालिका तय भएको हो ।

औपचारिक शिक्षा नलिएकालाई पनि सीप परीक्षणमा पास भए लेभल-१ को कामदार सरह प्रमाणपत्र दिइनेछ ।

यो पटक २० वटा विषयमा सीपको परीक्षण गर्ने तयारी छ । स्क्रापफोल्डर, बिल्डिङ असिस्टेन्ट, वेटर, इलेक्टि्रसियन, बिल्डिङ पेन्टर, हाउसकिपिङ क्लिनर, रेफ्रिजेनेटर एन्ड एअर कन्डिसन जुनियर मेकानिक्स र आल्मुनियम फेबि्रकेटर, सटरिङ कार्पेन्ट्रीमा काम गरेकाहरुको सीप परीक्षण हुनेछ ।यस्तै टेलरिङ, फर्निचर मेकर, असिस्टेन्ट ब्युटिसियन, स्ट्रक्चरल फेबि्रकेटर, सेक्युरिटी गार्ड, इन्डेस्टि्रयल इलेक्टि्रसियन, केयर गिभर, आर्क वेल्डर, एक्साभेटर अपरेटर, जुनियर प्लम्बर, स्टोन लेयर मेसन सीप परीक्षण प्रमाणीरकण गरिनेछ ।

औपचारिक शिक्षा नलिएकालाई पनि सीप परीक्षणमा पास भए लेभल-१ को कामदार सरह प्रमाणपत्र दिइनेछ । सरकारले गत ०७५ मंसिरमा नै सीप परीक्षणका लागि इच्छुक कामदारसँग आवेदन मागेको थियो । जसमा झण्डै ५ सय कामदारले आवेदन दिएका थिए । विदेशमा विभिन्न काम गरी सीप आर्जन गरेर फर्किएकाहरुको सीप परीक्षण गरेर स्वदेशमा प्रमाणपत्र दिन लागिएको वैदेशिक रोजगार व्यवस्थापन बोर्डले जनाएको छ ।

यो परीक्षण पास भएर प्रमाणपत्र पाएपछि कामदारले स्वदेशमा रोजगारी पाउन सहज हुने र विदेश नै गएपनि राम्रो कमाइ गर्न सक्ने बोर्ड अपेक्षा छ । कामदारले प्रयोगात्मक परीक्षा दिएर सीप परीक्षा पास गर्नुपर्छ । यस्तो सीपको प्रमाणपत्र लिएकालाई देशभित्रै आत्मनिर्भर बन्ने गरी स्वरोजगर बन्न सहयोग पुग्ने विश्वास गरिएको छ ।