लमजुङको दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ मा जिल्लाका बासिन्दाले प्रवद्र्धकको स्वपुँजी ९इक्विटी० को १० प्रतिशत हुन आउने रकम लगानी गरेको कम्पनीका अध्यक्ष इजनकुमार बरालले बताउनुभयो ।
बासिन्दाले प्रवद्र्धकको स्वपुँजी ९इक्विटी० को १० प्रतिशत हुन आउने रकम जिल्लाका बासिन्दले लगानी गरेको कम्पनीका अध्यक्ष बरालले बताउनुभयो । करिब २५ करोड रुपियाँ लगानी गरेका छन् । उहाँका अनुसार प्रवद्र्धकको स्वपुँजी ३० प्रतिशत अर्थात् करिब दुई अर्ब ५० करोड रुपियाँ रहेको छ । यसको १० प्रतिशत रकम जिल्लाका ९१० जनाबाट जुटाइएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार चालू आर्थिक वर्षमा पिपुल्स हाइड्रोपावर कम्पनी प्रालिबाट लिमिटेडमा गैसकेको र सुपर दोर्दी इन्भेस्टमेन्ट कम्पनीलाई उक्त कम्पनीमा गाभ्ने तयारी भइरहेको छ । पिपुल्स हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजना साढे आठ अर्ब रुपियाँमा निर्माण हुन लागेको हो । आयोजनामा नबिल बैङ्कको नेतृत्वमा नौवटा बैङ्कले ७० प्रतिशत लगानी गर्ने छन् । आयोजना सत प्रतिशत स्वदेशी लगानीमा निर्माण हुन लागेको प्रवद्र्धक पिपुल्स हाइड्रोपावरका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताउनुभयो ।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष उदय नेपाली श्रेष्ठले भूकम्प र नाकाबन्दीका कारण आयोजना निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयमा निर्माण सक्ने बताउनुभयो । दोर्दी गाउँपालिका ७ ढोडेनी र ७ फलेनीबीच बग्ने दोर्दी खोलामा निर्माणाधीन उक्त अयोजना २०७१ फागुन २० गते नेपाल विद्युत् प्राधिकरणसँग हिउँदमा ४ रुपियाँ ८० पैसा र बर्खायाममा ८ रुपियाँ ४० पैसामा विद्युत् खरिद–बिक्री सम्झौता ९पीपीए० भएको थियो ।
सुरुङमा पनेस्टक पाइपमार्फत पानी ल्याएर ढोडेनीको ताँजे गाउँको तल्लो भेग लोँदो र दोर्दी खोलाको तिरमा भूमिगत विद्युत् गृह निर्माण गरी विद्युत् उत्पादन गरिने भएको छ । नदीको बहावमा आधारित ९रन अफ द रिभर० प्रकृतिको उक्त आयोजनाको ग्रस हेड ६४० मिटरको हुनेछ । आयोजनाका अनुसार वार्षिक २८ करोड ६४ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।
करिब २५ करोड रुपियाँ लगानी गरेका छन् । उहाँका अनुसार प्रवद्र्धकको स्वपुँजी ३० प्रतिशत अर्थात् करिब दुई अर्ब ५० करोड रुपियाँ रहेको छ । यसको १० प्रतिशत रकम जिल्लाका ९१० जनाबाट जुटाइएको उहाँले बताउनुभयो ।
पिपुल्स हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजना साढे आठ अर्ब रुपियाँमा निर्माण हुन लागेको हो । आयोजनामा नबिल बैङ्कको नेतृत्वमा नौवटा बैङ्कले ७० प्रतिशत लगानी गर्ने छन् । आयोजना सत प्रतिशत स्वदेशी लगानीमा निर्माण हुन लागेको प्रवद्र्धक पिपुल्स हाइड्रोपावरका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताउनुभयो ।