आजबाट “सबै नेपालीको बैंक खाता” खोल्ने अभियानको सुरुवात भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बर्षको अवसर पारेर यो अभियानको सुरुवात गरेका हुन् । उनले आफ्नै बुबाको खाता खोलेर यस अभियानको सुरुवात गरेका हुन् ।
बजेटमा उल्लेख गरिएको कार्यक्रमलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीले “सबै नेपालीको बैंक खाता” अभियान सुरु गरेको घोषणा गरेका हुन् ।
बैंक खाता नहुनेलाई खाता खोल्नका लागि राष्ट्र बैंकले सहुलियत स्वरुप प्रोत्साहन दिएको छ। राष्ट्र बैंकले उक्त ग्राहकको नाममा सहुलियत स्वरुप एक सय रुपैयाँ खातामा जम्मा गर्नेछ ।




