शरीरमा केही नभेटिएका ३ चिनियाँ भन्सारमा शंकाको दायरामा परे । चीनको कुनमिङबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजबाट उनीहरु आएका थिए ।
बिहीबार साँझ आइपुगेका उनीहरुलाई मेटल डिटेक्टरले जाँच्दा उनीहरुले केही लुकाइरहेको संकेत मिल्यो । छाम्दा केही नपाएपछि उनीहरुको होलबडी स्क्यानिङ गरियो ।
केएसी अस्पतालमा एक्सरे गरेपछि उनीहरुको मलद्वारमा विस्कुट आकारको धातु देखिन्छ। दिसा लाग्ने औषधि खुवाएर दिसा गर्दा उनीहरुको मलद्धारबाट सुन निस्कियो ।
दुईबाट एक एक किलो र अर्को एकबाट एक किलो तीन सय ग्राम सुन बरामद भेटिएको विमानस्थल भन्सार प्रमुख गजेन्द्र ठाकुरले बताए ।




