ललितपुरमा २७ गतेबाट ‘अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने

ललितपुरमा ‘अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना हुने भएको छ। ललितपुरको कला, संस्कृति र हस्तकलाका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने मूल उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको हो।

ललितपुर उद्योग वाणिज्य संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र २७ गते बुधबारबाट सुरु हुने मेला बैशाख १ गते आईतबारसम्म चल्ने जानकारी गराएको छ।

ललितपुरको कला, संस्कृति र हस्तकलाका सामग्रीहरुको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने मूल उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए।

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नु हुने मेलामा भारत, चीन, पाकिस्तान, बंगलादेशसहित १ सय भन्दा बढि स्टल रहनेछन्। मेलामा करिव ५ लाखले अवलोकन गर्ने र ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।