कृषि विकास बैंकले बारा र पर्साका हावाहुरी पीडितका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले पीडितको सहायताका लागि प्रधामन्त्री दैविप्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ जम्मा गरेको हो ।चैत १७ गते आइतबार राती बारा र पर्सामा भिषण हावाहुरी र असिना पानीले ठूलो जनधनको क्षति भएको थियो ।




