ताजा समाचार

वैशाख १९ गते २०७६

इन्धनको भाउ बढ्यो, केको मूल्य कति पुग्यो ?

नेपाल आयल निगमले इन्धनको भाउ बढाएको छ । पाक्षिक ७ करोड नाफा राखेर इन्धनको मूल्य बढाइएको छ ।

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ बढेको छ ।

अब पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ११ रुपैयाँ ५० पैसा र डिजेलको ९८ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ।

अब गम स्रोतका अनुसार मूल्य समायोजनपश्चात् निगमको पाक्षिक नाफा करिब ७ करोड रुपैयाँ छ।